अवको सरकारले शरणार्थी समस्या माथि चाँडै समाधान खोज्छः मुख्य मन्त्री राई (भिडियो सहित)

शिविर सचीवहरुले बुझाए ज्ञापन पत्र

0
2696

शिविर सचीवहरुले बुझाए ज्ञापन पत्र 
चैत्र २१/डिकेश लामा
दमक/ भूटानी शरणार्थीको लामो समय देखि लम्बिएको समस्या समाधानमा अवको स्थीर सरकारले चाँडै समाधान खोज्ने आज मुख्य मन्त्री शेरधन राईले बताउनु भएको छ । भूटानी शरणार्थी समस्या समाधानको माग गर्दै आज शरणार्थी शिविरका अगुवाहरुले प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा ज्ञापन पत्र बुझाउनेक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । राईले शरणार्थी समस्या लामो र गम्भिर रहेको समेत बताउनु भयो । राईले ज्ञापन पत्र बुझाउँन पुगेका टोलीलाई आश्वासन दिँदै अवको स्थीर सरकारले पहल गर्ने र यसका लागि केन्द्रसँग कुरा गरेर चाँडै समस्या समाधान गरिने बताउनु भयो । यस्तै भूटानी शरणार्थी अगुवाहरुको टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई समेत ज्ञापन पत्र बुझाइएको छ । 

ज्ञापनपत्र बुझाउँदै शिविर सचीव चम्पासिंह राईले शरणार्थी शिविरमा पछिल्लो समयमा हुँदै आएको शैक्षिक, स्वास्थ्य तथा अन्य सेवा कटौतीले उत्पन्न समस्याहरुलाई सुनवाई गरी दिन हुन माग गर्नु भयो । पत्रमा भूटानी शरणार्थीको समस्या समाधानका लागि स्देश फिर्ती, तेस्रो मुलुक पुनर्वास, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्ता छुटको समस्या समाधानका लागि माग गरिएको छ । ज्ञापनपत्र भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति, भूटानी शरणार्थी महिला मञ्च, भूटानी शरणार्थी अपाङ्गता संघ, सामुदायिक बाल स्याहार केन्द्र, भूटानी शरणार्थी बाल मञ्च र भूटानी शरणार्थी युवा केन्द्रको तर्फबाट सँयुक्त रुपमा पेश गरिएको टोलीले जानकारी दिएको छ । टोलीमा पथरी शनिश्चरे भूटानी शरणार्थी शिविरका सचीव चम्पासिंह राई, बेलडाँगी शिविरका सचीव टिकाराम रसाईली, उपसीचवहरु सन्तोष गुरुङ्ग, चन्द्रकला राई, सेक्टर प्रमुख विर्खबहादुर सुनुवार सहित संचरकर्मीको सहभागिता रहेको थियो ।
पछिल्लो समय शरणार्थी शिविरमा जनसंख्या घट्नेक्रम सँगसँगै शरणार्थीहरुले पाउँदै आएको सेवा सुविधा समेत कटौती हुन थालेपछि शरणार्थी अगुवाहरुले शरणार्थी समस्या समाधानमा जोड दिँदै आएका छन् ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here