प्रधानमन्त्रीको भारत भ्रमणमा भूटानी शरणार्थिको मुद्धा उठ्न सक्छः कानुनमन्त्री(भिडियोसहित)

0
1315

२० चैत्र, काठमाण्डौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मामिला एजेण्डाकै रुपमा नउठे पनि अनौपचारिक रुपमा उठ्न सक्ने बताएका छन् । ग्लोबल पोष्ट इन्फोका लागि बिशेष अन्तरबार्ता दिदै मन्त्री तामाङले भुटानी शरणार्थीको बिषयमा प्रधानमन्त्री ओलीले यही चैत्र २३ गतेदेखि गर्न लागेको भारत भ्रमणमा अनौपचारिक रुपमा बिषय उठान गर्न सक्ने संकेत गरेका छन् । तेस्रो मूलुक पनि नगएका भुटान पनि फर्कन नसकेका शरणार्थीलाई नेपालमा नै आश्रय दिइनेमा भने ढुक्क हुन उनले आश्वस्त पारेका छन । ‘नागरिकता नै दिने ब्यवस्थाका बारेमा अहिले नै केही भन्न सकिदैन तर अंगिकृतलाई नागरिकता दिने व्यवस्थामै टेकेर केही गर्न सकिएला कि भन्ने त लाग्छ तर यो बिषयमा अहिले नै सोचिसकिएको छैन’ मन्त्री तामाङले भने । अर्को एक प्रसंगमा पछिल्लो समय भएको गाईको मासुको प्रकरणमा मन्त्री तामाङले भने गाई हिन्दु धर्म समुदायको आस्थाको प्रतिक हो कसैको आस्था भत्काउन पाइदैन सरकार यसमा दृढ छ । उनले धर्म सम्प्रदायको आस्थामा खेल्ने प्रयास भएको भन्दै भने ‘तामाङ सम्प्रदाय आफैंमा बौद्ध धर्मावलम्बी हुन् बौद्ध धर्म ग्रन्थले हिंसालाई स्विकारेकै छैन कुनै सम्प्रदाय बिशेषलाई नउचालियोस् ।’

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here