कुदिरहेको बसको चक्का फुत्किएर लाग्दा एक महिलाको मृत्यु – भिडियो सहित

सँगै हिडेका श्रीमान् भावातीत

0
2051

सँगै हिडेका श्रीमान् भावातीत


चैत्र १८/२०७४/डिकेश लामा
दमक/कुदिरहेको बसको चक्का फुस्किएर चक्काले किच्दा आज दमकमा एक बृद्धाको मृत्यु भएको छ ।
विहान करिब साढे ६ बजे तिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमकको मुख्य गणतन्त्र चौक नजिक पूर्व तर्फ सडकमा हिडिरहेको अवस्थामा फुत्किएको गाडीको चक्काले किचेर ७१ बर्षीय हरिमाया पाण्डेको मृत्यु भएको हो । दमक वडा नं. ८ बस्ने पाण्डेलाई राजमार्गमा कुदिरहेको को. १ ख ५४३६ नम्बरको बसको चक्काले किचेको मृतकका श्रीमान् नैनबहादुर पाण्डेले बताउनु भयो ।
विहान मर्निङ्ग वाकमा निस्किएका दम्पति मध्ये अगाडि हिडिरहकी आफ्नो श्रीमतिलाई आँखै अगाडि गाडीको चक्का मात्र कुदेर आएर किच्दा आफू अचम्मित र भावविवहल भएको नैनबहादुरले बताउनु भयो । श्रीमान् पाण्डेका अनुसार करिव १५ मिटर फरकमा हिडिरहेकी श्रीमतिलाई बसको चक्का आएर धक्का दिएर लडायो अनि लडेको ठाऊँमा हुत्तिएर गएको चक्का पिलरमा लागेर पुन फकिएर लडेकै ठाऊँमा टाउको पट्टि थिचेको बताउनु भयो । थिचेको स्थानबाट बृद्धा पाण्डेलाई तत्काल लाइफ लाईन अस्पताल पुर्याउँदा मृत्यु भईसकेको मृतकका छोरा मोहन पाण्डेले बताउनु भयो ।

गाडीको चक्का फुस्कन लाग्दा समेत थाहा नपाउने गरी सडकमा यातायत चलाउनु भनेको हदैसम्मको लार्पावाही भएको पीडित परिवारले बताएका छन् । दुघर्टना गराउँने बस र चालाक भूपाल अधिकारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनु भयो ।

See live interview by Dikesh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here