नेल्सन मण्डेलाकी पूर्बपत्नि बिनीको निधन

0
921

१९ चैत्र, काठमाण्डौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ बर्षको उमेरमा निधन भएको छ। नेल्सन मण्डेला जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको बताइन्छ। मण्डेलाको सोमबार दिउँसो निधन भएको हो ।

सन् १९९० मा नेल्शन मण्डेला लामो जेल जीवनबाट रिहा भएको केही वर्ष भित्रै उनीहरुको संबन्ध बिग्रिएपछि सन् १९९६ मा पारपाचुके भएको थियो । नोबेल पुरस्कार विजेता डेसमण्ड टुटुले रंगभेदवादी शासनविरुद्ध संघर्षको एक सुपरिचित प्रतीक भन्दै उनको प्रशंसा गरेका छन् । श्रीमती मण्डेलाको जन्म सन् १९३६ मा दक्षिण अफ्रिकाको पूर्वी केपमा भएको थियो। केही समय जेल परेकी मण्डेलाबिरुद्ध सन् असीको दशकमा सोवेतो नगरका केही भागमा आतंक फैलाएको आरोप लगाइँदै आएको छ । यद्यपी उनले भने त्यो आरोपको खण्डन गर्दै आएकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here