शिवानीको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक

0
1232
चैत्र १५, काठमाडौं | नेपालको एक चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ ।
लेखक स्वयंले ट्रेलरको स्क्रिप्ट र निर्देशन गरेका हुन् भने  सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीले उक्त ट्रेलरमा अभिनय गरेका छन् |
नौ वर्ष लगाएर लेखिएको थारुको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने देखाउन खोजेको छ ।
उपन्यासको आवरण चैत्र ५ मा सार्वजनिक गरिएको थियो । उपन्यासको विमोचन चैत्र २९ मा हुँदैछ ।
नेपाली साहित्यको बजारमा यसरि साहित्यिक कृति माथि चलचित्रको जस्तो ट्रेलर सार्वजनिक गर्ने प्रचलन नेपालमा भित्रिएको लामो समय भएको छैन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here