शरणार्थीहरुले मनाए पानी दिवश

स्थायी र शुद्ध खानेपानीका लागि दिर्घकालिन व्यवस्था हुनु पर्नेमा जोड

0
2432

स्थायी र शुद्ध खानेपानीका लागि दिर्घकालिन व्यवस्था हुनु पर्नेमा जोड
८ चैत्र, २०७४/ डिकेश लामा
दमक/ पानीका लागि प्रकृति भन्ने मुलनाराका साथ विश्वमा आज पानी दिवश मनाईरहँदा भूटानी शरणार्थी शिविर वेलडाँगीमा पनि पानी दिवश मनाइएको छ ।
बेलडाँगी खानेपानी तथा फोहोर मैला व्यवस्थापन समितिको आयोजनामा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय र विश्व लुथरन फेडरेशनको सहयोगमा पानी दिवश मनाइएको हो । दिवशको अवसरमा कार्यक्रममा सहभागीलाई खानेपानी वितरण गरिएको छ । कार्यक्रममा युएनएचसीआरका कार्यक्रम अधिकृत जापनीज नागरिक आचुको वातानाबेले भूटानी शरणार्थीहरु र शरणार्थी प्रभावित क्षेत्रका नागरिकलाई स्थायी खानेपानीका लागि योजना तयारी गर्दै गरेको बताउनु भयो । उहाँले अहिलेसम्म शरणार्थी शिविरमा वितरण गरेको पानीबाट कुनै रोग र हैजा नआएकोले खानेपानी राम्रो भएको समेत बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिमदल भण्डारी, शिविर सचीव टिकाराम रसाईली लगायतले शुद्ध खानेपानीका लागि सरोकारवाला निकायले स्थायी उपाय खोज्नु पर्नेमा जोड दिनु भयो । पानी दिवशको अवसर पारेर आजै आज अशक्त भूटानी शरणार्थी बसोवास क्षेत्र १६ घरे सरसफाई तथा असक्तलाई नुहाउने कार्य समेत गरेको पूर्व शिविर सचीव युवराज राईले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here