पछिल्लो समय नेपाली आख्यानमा सक्रिय नाम हो राज सरगम । शुदुर पश्चिमको छाउपडि प्रथामाथि लेखिएको उपन्यास छाउघर मार्फत चर्चामा रहेका आख्यानकार सरगमसँग ग्लोवल पोष्टका निम्ती ज्योति भट्टराईले राज सरगमसँग गरेको अन्तर्वार्ता ।
नेपाली साहित्यमा आख्यानको हालको अवस्था के हो ?
नेपाली साहित्यमा आख्यानको अवस्था जति दयनिय छ, त्यति वृहत पनि भएको छ । एकातिर नया लेखकहरू आख्यान लेख्दै छन् । कवि, कलाकारहरू, समेत उपन्यास लेखिरहेका छन् । प्र्रकाशकहरू उपन्यास लेख्न हौसिएका छन् । बजारमा उपन्यासको चर्चा बहृत भइरहेको छ । आख्यानको नाममा धेरै पुरस्कारहरू स्थापना भएका छन् । नारी लेखिकाहरू शसक्त भएर लागेका छन् । त्यसले गर्दा आख्यान बृहत लाग्दै छ । चर्चामा छ ।
तर आख्यान दयनिय अवस्थाबाट गुज्रीरहेको पनि छ । खोज मुलक आख्यान आउनु पर्ने हो, तर त्यो आएको छैन् । एउटै थिममा उपन्यासका गाताहरू दोहोरिन थाले । यस्तै गतिमा जाने हो भने आख्यान बिस्तारै स्तरियता घट्न पुग्छ । त्यसैले नेपाली आख्यान जहिल्यैको अवस्था जति बृहत हुँदै गइरहेको छ त्यति नै दयनिय अवस्था सृजना पनि हुँदै गइरहेको छ ।
नेपाली पुस्तकहरूले के कारणले अन्तर्राट्रिय बजार प्राप्त गर्न सकिराखेका छैनन् ?
पहिलो कारण नै भाषा हो । अन्तर्राष्ट्रिय भाषामा नेपाली साहित्य अनुवाद हुनु प¥यो । जसरी अन्तर्राष्ट्रिय भाषाका साहित्य किताबहरू नेपाली प्रकाशकहरू अनुवाद गरेर नेपाली बजारमा ल्याएर व्यापार गरिरहेका छन् । त्यसैगरी नेपाली साहित्य किताब पनि अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर बजारीकरण गर्नु प¥यो । पछिल्लो समय फाइन प्रिन्टले त्यस्तो काम गर्दै छ । नेपाली साहित्य विश्वमा पु¥याउन गतिलो अनुवाद र बजारीकरण गर्न सक्नु पर्छ ।
आख्यान र समाजको अन्तरसम्बन्ध के हो ?
आख्यान लेखिने भनेकै समाजका कथाहरू हुन् । नेपाली परिवेशमा बाँचेको लोकसंस्कृति र सामाजिक संस्कारभित्र कयौ कथा उपकथाहरू छन् । र हामी नेपालीहरू त्यही समाजका उपज हौं । आख्यान टिप्ने भनेकै समाजका कनिकुथी कथाव्यथाहरू हुन् । जो जहिल्यै पनि लेखकसँग निकट रहन्छ । र लेखकले त्यही दुःखसुखहरू आख्यानको रूप दिने गर्छन् ।
के नेपालमा लेखेर बाँच्न संम्भव छ ?
यो सबै लेखकहरूमा सम्भव छैन । एकादुई लेखकहरू पछिल्लो समय लेखर बाँचेका छन् । तिनीहरू राम्रो लेखिरहेका छन् । अथवा पाठकलाई मन पर्ने पुस्तक लेखिरहेका छन् । बुद्धिसागर, अमर न्यौपाने, सुविन भट्टराई जस्ता लेखकहरू लेखेर पुगेको छ । बाकी त्यो प्रयासमा पनि छन् । त्यसैले सबै लेखकलाई लेखर बाँच्न नेपाली साहित्य बजारमा गाह्रो छ ।
तपाई्रं आफ्नो उपन्यास छाउघरसंग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु किन भने, मैले समाजको मुद्दामाथि लेखेको छु जसलाई नेपाली बौद्धिक लेखक तथा पाठकहरूले व्यवस्था गरिरह्यो । सायद त्यो मद्धारा लेखिन रहेछ भनौं । सुदूर पश्चिमको जर्जरको रूपमा रहेको छाउपडी जस्तो कुप्रथालाई न्युनीकरण गर्न बहस छेड्यो । छाउघर उपन्यासले सरकारी अहोदामा बसेकालाई बोल्न लगायो । त्यो त किताबमा उठेको मुद्दाले विवश पारेको अवस्था हो नि । होइन र ! म सन्तुष्ट छु । कम्तिमा मैले आफु बाँचेको समयको एउटा भयानक कुप्रथाको विरुद्ध आख्यान मार्फत वकालत गरें । आम दिदीबहिनीहरूलाई झकझकाएँ । त्यसैले म सन्तुष्ट छु ।
छाउपडी प्रथाको मुद्दालाई तपाई सामाजिक मात्रै भन्नुहुन्छ कि अरू पनि केही ?
यो सामाजिक मुद्दा हो । नेपालभरि यो व्याप्त छ । तर सुप र मध्य पश्चिमका सहरदेखि गाउसम्म छाउपडी एउटा ज्यान खाने रोग जस्तो भएको छ । जसलाई निर्मुल पार्न सबै तहका मान्छेहरूको सहभागिता हुन आवश्यक छ । नेपाली समाज अझै पनि अन्धविश्वास र धामी झाक्रीलाई विश्वास गर्छ । जति शिक्षित भएपनि समाजले स्वीकार्दै आइरहेको परम्परागत रहनसहन छोडन सकेका छैनन् । त्यही रहनसहन हो छाउपडी । जुन कुप्रथा भएरपनि सामजिक प्रथा भएको छ । जसलाई हटाउन हामी लागि परेका छौं ।
अनि यो महिलाहरूको अधिकार हो । यो प्रजननसँग सम्बन्धित छ । यसलाई छिःछिः दुरदुर गर्न आवश्यकै छैन् ।
तपाँई को लेखनलाई कुन दार्शनिक कोणबाट हेर्दा सबैभन्दा न्याय भएको मान्नुहून्छ ?
मेरो लेखनलाई हेर्ने पाठक छन् । पाठकहरूसँगै बौद्धिक पाठकहरूले बहस गर्लान । कुन कोणबाट लेखिरहेको यो लेखकले भनेर भनिरहेका हुन्छन । सुझाव सल्लाह दिइरहेका हुन्छन् । त्यसैले मैले आफ्नो लेखनलाई इमान्दार भएर बढाउने हो । लेखनमा इमान्दर भएर लेख्यो भने दार्शनिक कोण आफै निमार्ण हुन्छ सायद ।
लेखकको जिवन र जगतलाई हेर्ने दृष्टिकोणले उसको लेखनलाई कसरी प्रभाव पारिरहेको हुन्छ ?
लेखकको जीवन पनि आममान्छेको जस्तै हो । रह्यो हेर्ने कुरा, त्यो त समाजमा जे देखिएको छ । जे भोगिएको छ त्यही दृष्टिकोण बन्छ । त्यसैमा विचार बिमर्शहरू थपिने घट्ने हुन् । र लेखकिय हृदयलाई समाजकै कारणले लेख्न हौसाउने हो । त्यो नै एउटा प्रभावको रूपमा देखा पर्छ । कतिलाई लेखनमा प्रभाव पर्छ कतिलाई सोच्न बाध्य पार्छ ।
लेखकको काम समाजको समस्या देखाउने मात्रै हो कि समाधानको बाटो देखाउने पनि हो ?
लेखकको काम पहिलो लेख्ने हो । समाजको समस्या त सबैले देखेका हुन्छन् । सबैले समाधानका उपायहरू पनि बुझेका हुन्छन् । कसले कति बुझेको छ भन्ने मात्रै हो । लेखकले समाजको मुद्दामा लेख्छ । त्यसले कत्तिको बहस जन्मायो । मान्छेको ध्यानाकर्षण कति ग¥यो भन्ने हो । मुद्दा उठ्दा समस्या देखिन्छ । त्यो देखाउन जान्नु पर्छ सायद लेखकले । र समाधनको प्रवचन लेखकले दिने होइन । त्यो काम समिक्षक विज्ञ पाठकहरूले दिने हो ।
राजनीतिले लेखकहरूलाई नियन्त्रण गर्दछ कि निर्देशन ?
समाजको हरेक समस्याको समाधान राजनीति हो । राजनीतिले नै समाजलाई डो¥याउछ । विकासको खाका कोर्ने नै राजनीति हो । र लेखक पनि राजनीतिबाट अछुतो रहदैन । लेखक पनि समाजको मान्छे हो । उसले भोगेको हरेक समयमा राजनीति जोडिएको हुन्छ । त्यसैले लेखकहरूलाई राजनीतिले नियन्त्रण गर्दैन तर समाजलाई निर्देशन भने गर्छे । र त्यो समाजको एक सदस्य लेखक पनि हुन्छन् ।
नेपाली साहित्यले अब कस्तो बाटो अपनाउनु पर्छ जस्तो लाग्छ तपाँईलाई ?
नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पु¥याउने खालका साहित्य सृजना गर्नु प¥यो । पछिल्लो समयमा विदेशमा बसेका पाठक मित्रहरूले ल्याउन लगाएर पढेका छन् । अनलाइलबाट किनेर लगेका छन् । त्यो एउटा माध्यम पनि हो । त्यतिले मात्रै हुँदैन । साहित्यलाई माथि उठाउन खोजमुलक साहित्य लेख्नु प¥यो । लुकेका लोक संस्कृतिलाई संसारमा चिनाउन सकिने लेखन प्रस्तुत गर्न सक्नु प¥यो । नेपालमा रहेका विविध अन्धविश्वासका कारकहरूलाई साहित्य मार्फत हटाउन पहल गर्नु प¥यो । तब मात्रै नेपाली साहित्य विश्वले बुझ्न पाउछ ।
विश्वभरि रहेका नेपाली मनहरुलाई तपाँई आफ्नो लेखनबाट के संदेश दिन चाहानुहुन्छ ?
विश्वभरि छरिएका नेपालीमनहरूलाई नमस्कार टक्राउछु ।, साहित्य पढ्नुहुने सबैले छाउघर उपन्यास पक्कै सुन्नु भएको होला । पढिदिएर नेपालको मध्य र सुदूर पश्चिममा रहेको छाउपडी जस्तो ग्रसीत समाजका युवती दिदीबहिनीहरूलाई माथि उठ्न वकालत गरिदिनुहोला । हामी नेपाली जहाँ बसे पनि नेपाली साहित्यलाई माया गरिदिनु होला । धन्यवाद ।