१३औँ दिनको पुण्यतिथिमा स्व. राकेसलाई विश्व भूटानी साहित्य संघठनको श्रद्धान्जली

0
1332

गत फेब्रुअरी २५ गते, आइतबार असमायिक निधन हुनु भएको साहित्यिक सर्जक राकेस काफ्लेको आज शनिबार १३औँ  दिनको पुण्यतिथिमा उनको गृहनगर आइवा डिमोइन्समा श्रद्धान्जली समारोह सम्पन्न गरिएको छ । उनलाई श्रद्धाञ्जली दिनका लागि साहित्य तथा कला क्षेत्र साथै जनसमुदायको बाक्लो उपस्थिति थियो । जसमा विश्व भूटानी साहित्य संघठनलाई प्रतिनिधि गर्दै महासचिव श्री कर्ण गुरुङले संस्थागत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् | छोटो मन्तब्य राख्दै उनीसँगको निकटता, उनको कर्मको चर्चा गरेका थिए |
विश्व भूटानी साहित्य संघठनका महासचिव श्री कर्ण गुरुङ, श्रद्धान्जली व्यक्त गर्दै

उक्त शोक सभामा बीच भूटानी स्रष्टा सर्जक श्री भोला सिवाकोटीको अगुवाइमा भूटानी ढुक ढुकी फाउन्डेसनको पनि स्थापना भएको छ | उपस्थित सर्जक भूटानी समज्ज नेब्रेसकाका अध्यक्ष श्री भिम गुरुङ, भूटानी स्रष्टा सर्जक श्री भोला सिवाकोटी, बिकु दादा निकै भावुक देखिन्थे ।
लगभग चालिसको हाराहारीमा गीत लेखन, “परिवेश रोएको बेला” मुक्तक संग्रह,  भूटानी ढुक ढुकी कार्यक्रम निर्देशन तथा संचालन, भूटानी ढुक ढुकी पुस्तकालय स्थापना आदि उनका केही उल्लेखनीय कर्महरू हुन् | बिगत केही समय देखि आफ्नै निवासमा एक्लै बस्दै आएका ३६ वर्षे गीतकार स्व.राकेस काफ्ले थुप्रै किसिमका समस्याबाट ग्रसित थिए । सम्भवतः तिनै समस्याहरूको कारण उनले इहलीला त्याग गरे |
स्व. राकेस काफ्लेको संक्षिप्त जीवनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here