बनको आगो नियन्त्रणमा नआउँदा शरणार्थी त्रसिद

 आगलागीबाट बनमा ठूलो क्षति

0
1697

 आगलागीबाट बनमा ठूलो क्षति   
फाल्गुन २७/ डिकेश लामा
दमक/झापाको दमक नगर पालिकामा रहेको हंसे दुम्से सामुदायिक बनमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा नआए पछि भूटानी शरणार्थीहरु त्रसिद बनेका छन् । जंगलमा केही दिन अघि देखि नै साना तिना आगलागी हुँदै आएको भए पनि आज भएको ठूलो आगलागीले भने जंगलका धेरै भाग जलेको स्थानीय बासिन्दाले बताएका छन् ।
आज अपरान्ह आएको हावाका कारण जंगलका रुखको टुप्पो टुप्पोमा पुगेको आगो दमकबाट गएको दमकलले समेत निभाउन नसके पछि वेलुकापख फर्किएको बताइएको छ । आगलागीबाट ३ दर्जन हाराहारीका रुखमा बलिरहेको आगो भने निभाउन नसकेकको बनका अध्यक्ष हिमालाय दाहालले बताउनु भयो ।

जंगलको भूँइको झाडीमा लागेको आगो भने शसस्त्र प्रहरी र स्थानीय भूटानी शरणार्थीहरुको समूहले निभाएको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । रुखको आगो भने दमकलले समेत निभाउन नसकेको पछि जंगल क्षेत्रमा बसोबास गर्ने भूटानी शरणार्थीहरुलाई खतरा भएको बताइएको छ । हावाले रुखको टुप्पोबाट गएको झिल्को भूटानी शरणार्थी बसोवास क्षेत्र आसपाससम्म पुग्ने गरेको आगो नियन्त्रणमा सहभागी पूर्व सचीव युवराज राईले बताउनु भयो । आगोबाट २ सय हेक्टर बढि क्षेत्रका मसिना विरुवा तथा रुख जलेर नष्ट भएको बताइएको छ ।

 

 

See live video short by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here