आइसीसी विश्वकप छनौट खेलः नेपाल भर्सेस स्कटल्याण्ड

0
1248

२४ फागुन, काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा जित निकाल्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले जित निकाले मात्र छनौटको सम्भावना बलियो हुनेछ । पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल खेल्दैछ। पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेन। तर ब्याटिङमा भने नेपालले सुदृढ प्रदर्शन गर्‍यो। खेलमा आरिफ शेख र सरद भेषावकरले अर्धशत प्रहार गरेका थिए। नेपालका प्रशिक्षक जगट टमाटा पनि पहिलो खेलबाट अनुभव प्राप्त गरेकाले दोस्रो खेलमा दबाबरहित खेल्नेमा विश्वस्त छन् । उनले दोस्रो खेलमा जितका लागि खेल्ने बताएका छन्। बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here