२४ फागुन, काठमाण्डौं । आइसीसी विश्वकप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ४९ रनको लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो । स्कटल्याण्डका कप्तान कोयल कोइजरले नटआउट ८८ रनको पारी खेल्दै आफ्नो टिमलाई जित दिलाएका हुन् । नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानले समान २ तथा दीपेन्द्र ऐरी र ललित राजबंशीले समान १ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सवै विकेट गुमाएर १ सय ४९ रनमा समेटिएको थियो । कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै नेपालको खस्किसकेको स्कोरलाई केही माथि पुर्याए पनि यो नै जितका लागि पर्याप्त हुन सकेन । छनोटको पहिलो खेलमा आयोजक जिम्बावेसँग पराजित भएको नेपालले लगातार दोस्रो खेलमा पनि हार बेहोरेपछि भने छनौटको सम्भावना कठिन भएको छ । सुपरसिक्सको शीर्ष दुर्इमा रहने टोलीले सन् २०१९ को विश्वकपमा स्थान पाउँनेछन्।
ताजा पोष्ट
सिक्किमका मुख्यमन्त्रीसँग भेट: ‘मेरो कविता’ फाइनलिस्ट सोनाम पाल्झोरलाई शुभकामना
@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम...
अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति
@अर्जुन प्रधान
अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार...
‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा
@अर्जुन प्रधान
नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री'बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।
यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी'वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।
यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो...












