शरणार्थी शिविरमा घरेलु रक्सि नष्ट

0
2295

फाल्गुन २२, २०७४

दमक/ झपाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज सार्वजनिक रुपमा घरेलु रक्सि नष्ट गरिएको छ ।
शसस्त्र प्रहरी सुरक्षा वेश र शिविर रेखदेख दलले विभिन्न समय र स्थानमा बरामद गरेको १ सय ३० लिटर घरेलु रक्सि खाल्डोमा पुरेर नष्ट गरिएको हो । विगत लामो समय देखि भूटानी शरणार्थी शिविर भित्र मादकजन्य पदार्थको प्रयोग प्रयोजन प्रतिवन्द गरिएको भए पनि लुकाएर वेचविखन गर्ने कार्य भने रोकिन नसकेको शिविर रेखदेख दलकी प्रमुख कुमारी राईले बताउनु भयो ।
रक्सि खासगरी मोरङ्गको मिक्लाजुङ्ग गाऊँ पालिकाको मधुमल्ला, दमक ३ को दुम्से, चुलाचुलीको शिखरकटेरी, बुकुवा लगायतका क्षेत्रबाट शिविर भित्र ल्याउने गरिएको शसस्त्र प्रहरी निरीक्षक जयन्त ढडालले बताउनु भयो ।
रक्सि शिविर सचीव टिकाराम रसाईली, यूएनएचसीआरकी प्रतिनिधि गंगासेन, विकास ढकाल, मेरिना श्रेष्ठ, संचारकर्मी डिकेश लामा लगायतको रोहवरमा नष्ट गरिएको शसस्त्र प्रहरी वल सुरक्षा वेश वेलडाँगीले जानकारी दिएको छ । यो एक बर्ष भित्रमा मात्र शरणार्थी शिविरमा १ हजार भन्दा बढी घरेलु रक्सि नष्ट गरेको शिविर सचिव टिकाराम रसाइलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here