पाकिस्तानी प्रधानमन्त्री नेपालमाः समकक्षी केपी ओलीसँग भेटवार्ता

0
917

२१ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी शाहिद अब्बासीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई बधाई दिन आउनुभएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच होटल याक एण्ड एतीमा झण्डै एक घण्टा भेटवार्ता भएको छ । भेटमा दुई देशको राजनीतिक तथा आर्थिक विकासका बिषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा चुनावमार्फत संक्रमणकालको अन्त्य गरिरहेकाले लोकतन्त्र सुदृढिकरणको प्रकियामा रहेको जानकारी दिनुभएको थियो । यस्तै दुई प्रधानमन्त्रीबीच सार्क क्षेत्रीय विकास र दुई देशको सम्बन्धका बारेमा समेत कुराकानी भएको छ । सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै प्रधानमन्त्री सहमत हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलद्वारा टुंग्याउनु पर्ने बताउनुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री डा.युवराज खतिवडा,प्रधानमन्त्रीका मूख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल,मूख्य सचिब लोकदर्शन रेग्मी,परराष्ट्र सचिव शंकरदाश बैरागी  लगायत सहभागी हुनुहुन्थ्यो । यस अघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो । नेपालको दुई दिने भ्रमणका लागि अम्बासी दिउँसो सवा ३ बजे बिशेष बिमानमार्फत नेपाल आउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here