चर्चित नायक तथा गायक दमकमा माग्ने भएर आए

पीडामा पनि हँसाउँदै पैसा मागे

0
2534

पीडामा पनि हँसाउँदै पैसा मागे


फाल्गुन २१/डिकेश लामा
दमक/दमकको गोर्खा डिर्पामेन्ट अगाडिको खाली भागमा ठूलो स्टेज निर्माण गरिएको थियो । धेरै दर्शक राष्ट्रिय स्तरका गायक आउने भनेर हेरिरहेका थिए । त्यतिकैमा चर्चित नायक तथा गायक यश कुमारले स्टेजबाट आफू माग्ने भएर आएको भने पनि दर्शकहरुमा एक किसिमको कौतुहलता बढ्यो ।
मोरङ्ग जिल्ला मिक्लाजुङ्ग २ टाँडीका युवा सेनिहाङ्ग लिम्बुका लागि सहयोग संकलन साँगीतिक कार्यक्रममा यशकुमारले नेपालीका लागि सवैले खुलेर सहयोग गर्न आव्हान गर्नु भयो । विभिन्न ख्याति प्राप्त कलाकारहरुले यतिखेर टाँडीका एक युवाको ज्यान बचाउँन साँगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छन् । कदम थिएटर र समदर्शी संचार मासिकको आयोजनामा कार्यक्रम संचालन गरिएको थिएटरकी सृजना निंलेकुले बताउनु भयो ।
कार्यक्रममा गायक तथा नायक यश कुमारले स्टेजबाट सयौंका संख्यामा रहेका दर्शकलाई अनाआवश्यक गरिने खर्च विरामीको नाममा सहयोग गर्न आग्रह गर्नु भयो । केही महिना देखि दुवै मृगौला खराव भएका लिम्बुका लागि यस अघि पथरी जेसिसले साँगितीक कार्यक्रम गरी १ लाख सहयोग गरेको अभियानका सहयोगी भुपेन्द्र तुम्बाहाम्फेले बताउनु भयो ।

हेर्नुहोस् जस्ताको तस्तै भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here