सागसव्जीबाट हरेक दिन विष सेवन

दिनानु दिन शहरका मानिसहरुमा रोग बढ्दो

0
2130

दिनानु दिन शहरका मानिसहरुमा रोग बढ्दो 
९ फाल्गुन २०७४/डिकेश लामा
दमक/ पछिल्लो समय शहरी क्षेत्रका मानिसहरुले हरेक दिन दैनिक सागसव्जीको सेवनबाट अत्याधिक बिष सेवन गरिरहनु परेको बताइएको छ ।
दमक नगर पालिकाको आयोजनामा कृषि सम्बन्धी दुई दिने तालिमको आज भएको समापन कार्यक्रममा सो कुरा बताइएको हो । शहर क्षेत्रका बासिन्दाले किनेर खाने हरेक दिनको सव्जी सेवनबाट मानव स्वास्थ्यमा प्रवेश गरेको बीषले पछिल्लो समय मानिसमा मुटु, डिप्रेशन, नपुंशक र क्यान्सर जस्ता खतानाक रोगहरु बढ्दै गएको तालिमका प्रशिक्षकहरुले बताउनु भएको छ । शुन्य बजेटमा प्राकृतिक खेती प्रणाली सम्बन्धी तालिमले कृषिमा विषादीको प्रयोग हटाउने उदेश्यले तालिम दिएको दमक नगर पालिका कृषि विभाग शाखाका बाली विकास अधिकृत तालिमका सहजकर्ता गोविन्द प्रसाद आचार्यले बताउनु भयो ।
दमक नगर पालिकालाई विषादी मुक्त बनाउने लक्ष्य तथा नीति अनुसार सवै वडाका

 अगुवा कृषक प्रतिनिधिहरुलाई तालिम दिइएको अर्का तालिमका प्रशिक्षक कृषि विज्ञ इन्द्र प्रसाद अधिकारीले बताउनु भयो ।
तालिमले रसायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा असरबारे बुझ्न र सचेत हुन उपयोगी भएको सहभागी शान्तिराम भट्टराईले बताउनु भयो । तालिमले अर्गानानिक उत्पादनका लागि विऊ विजन र मल उत्पादनमा ठूलो सहयोग पुग्ने अर्का सहभागी योगमाया सुवेदीले बताउनु भयो । 

दमक नगर पालिकोको ५० हजार वजेटमा तय गरिएको तालिमलाई कृषिसम्बन्धीका विज्ञहरु रन्जन सिंह र दिपेन्द्र पौडेल सहित ४ जनाले फरक फरक विषयमा तालिम दिएको बताइएको छ । तालिममा दमक क्षेत्रका ६० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here