जिम्मेवार समितिको अभावमा बनमा चोरी तिव्र

नियन्त्रणमा चासो देखाइएन

0
988

नियन्त्रणमा चासो देखाइएन

 
९ फाल्गुन २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा रहेको एक मात्र बन हंसे दुम्से सामुदायिक बन क्षेत्रबाट संकलन गर्न बाँकी रहेका रुखहरु धमाधम हराउँन थालेका छन् । सयममा निर्वाचन नभएको कारण बन रेखदेखमा भएको कम्जोरीको फाईदा उठाउँदै रातारात संकलन गर्न बाँकी रुखहरु हराउँन थालेको उपभोक्ताहरुले बताएका छन् ।
झापाको १० ठूलो बनको दर्जामा पर्ने बनमा ९ महिना अघि हुनु पर्ने निर्वाचन हालसम्म हुन नसक्दा रेखदेख गर्ने जिम्मेवार समितिको अभावमा चोरी भएको इलाका बन कार्यालय बेलडाँगीका रेन्जर राजेश घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार कार्यालयमा आवश्यक दरबन्दीका कर्मचारीको अभाव र बनको जिम्मेवार आधिकारिक समितिको निर्माणमा ढिलाइका कारण चोरी निकासी नियन्त्रण नभएको बताउनु भयो । 

गएको बर्षातमा आएको ठूलो हावाहुरीले ढालेका टिपोट गरिएको ५ सय २२ रुखहरु मध्ये २ सय ४ वटामात्र संकलन गरिएको सामुदायिक बनले जानकारी दिएको छ । बाँकी रहेका ३ सय बढी विभिन्न प्रजातिका रुखहरु अहिले बनमा न्यून संख्यमा मात्र भेटिने गरेको स्थानीय सामाजिक अगुवा गणेश चाम्लिङ्ग राईले बताउनु भयो । बन क्षेत्रमा ढलेका अधिकांश रुखहरुको फेदको भाग मात्र रहेको र बाँकी चोरी भएको बताइको छ । यता बनका अध्यक्ष हिमालय प्रसाद दाहालले चोरी बढेकोले नियन्त्रणका लागि तत्काल पहल गर्ने योजना रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here