विधुत चोरी नियन्त्रण अभियान तिव्र

६ महिना यता १७ लाख बढी जरिवाना संकलन

0
1046

६ महिना यता १७ लाख बढी जरिवाना संकलन
८ फाल्गुन २०७४ 
दमक/उपभोक्ताको मागलाई सहज बनाउँन नेपाल विधुत प्राधिकरण दमक वितरण केन्द्रले विधुत चोरी नियन्त्रण अभियान तिव्र बनाएको छ ।
गएको ६ महिना यता मात्र अभियान अन्तर्गत विभिन्न क्षेत्रका ८० जनालाई कार्वाही गरी सकेको विधुत चुहावट फाँट सुपर भाइजर महेश दाहालले बताउनु भयो । ४ वटा संकलन केन्द्र र १४ वटा काउन्टर रहेको सो केन्द्रबाट कार्वाहीमा परेकाहरुबाट १७ लाख २६ हजार ५ सय ९ रपयाँ रकम असुल गरेको बताइएको छ । मिटर वाईवास, हुकिङ्ग, मिटर विगारेर चोरी गर्नेलाई विधुत चोरी नियन्त्रण ऐन अनुसार कार्वाही तथा जरिवाना गरिएको केन्द्रका लेखा अधिकृत मदन पौडेलले बताउनु भयो । उपभोक्तालाई सहज विधुत उपलव्ध गराउने उद्देश्यका साथ केन्द्रिय नीति निर्देशन अनुसार अभियान तिव्र पारिएको वितरण केन्द्रले जानकारी दिएको छ ।

चोरी खासगरी दुर्गम क्षेत्रमा हुकिङ्ग गरेर मोटर जडान र शहरी क्षेत्रमा मिटर वाइपास गर्ने तरिका पाइएको विधुत चुहावट फाँटका सुपर भाइजर दाहालले बताउनु भयो ।
दाहालका अनुसार चोरी गर्नेको मिटर बक्स र प्रयोग उपकरण बरामद गरी दण्ड गर्ने अभियान तिव्र पारिएको बताउनु भयो । चोरी ग्राहस्थ स्तरमा नै धेरै हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here