दमकमा चौथो अवतारी लामाको उपस्थितिमा विश्वशान्ति पूजा शुरु

0
1467

८ फाल्गुन २०७४/डिकेश लामा


दमक/अवतारी लामा प्हायुल ल्याटुल रेम्पोछेको उपस्थितिमा आज देखि दमकमा विश्व शान्ति पूजा तथा आयु अभिषेक (वाङ्ग) कार्यक्रम शुरु भएको छ । विभिन्न देशबाट आएका बौद्ध भिक्षु सहितको टोलीमा आउनु भएका चार अवतारी रेम्पोछे गुरुले पूर्वी नेपालका विभिन्न जिल्लाबाट आउनु भएका बौद्धधर्मावलाम्भीहरुलाई प्रवचन र अभिषेक प्रदान गर्नु भएको छ ।

रुलाई नठग्ने, सत्य बोल्ने, हिंसा नगर्ने जस्ता कार्य मात्र गर्नाले पनि मानिसमा आफै शान्ति मिल्दै जाने गुरुले बताउनु भयो । बौद्ध धर्म मान्ने नभई गर्ने भएकोले सत्कर्म गरे मात्र बौद्धिष्ट बन्न सकिने र शान्ति मिल्ने समेत उहाँले बताउनु भयो ।


क्यानाडा, थाइल्याण्ड, चिन, भारत, हङ्कङ्ग लगायतका देश बाट आउनु भएका बौद्ध भिक्षु सहित विभिन्न क्षेत्र दर्जन बढी लामा गुरुहरुले विश्व शान्तिका लागि पूजापाठ गरेको आयोजक समितिका अगुवा हर्कमाया तामाङले बताउनु भयो ।
कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी, इलाम, पाँचथर लगायतका क्षेत्रबाट गुरुको प्रवचन र दर्शन गर्न आएको आचार्य लामा कर्मा क्लेगले बताउनु भयो । बौद्धिष्टहरुमा पुर्नजन्म लिएर आएका लामा गुरुलाई भगवानको रुप मान्ने र उहाँको दर्शनले शान्ति मिल्ने विश्वास गर्दछन् । दमकमा आउनु भएका रेम्पोछे गुरु चौथो पटक अवतार लिएको भन्ने बौद्धिष्टहरुले विश्वास गरेको बताइन्छ । कार्यक्रम भोलि विषेश पूजापाठका साथ समापन हुने साङ्गे छ्योलिङ्ग बौद्ध गुम्बा संचालक समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here