विश्वकप छनोटमा पुग्न सफल क्रिकेट खेलाडीलाई जनही ४/४ लाख रुपयाँ प्राप्त हुने

0
986

आइसीसी निलम्बन फुकुवा गर्न माग

७ फागुन, काठमाडौं / विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । आज क्रिकेट खेलाडीको सम्मानमा बालुवाटारमा सम्पन कार्यक्रममा ४ दिन अघि प्रधानमन्त्री बन्नु भएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सो घोषणा गर्नु भएको हो ।

खेलाडीलाई थप प्रोत्साहनका लागि मदन भण्डारी स्पोट्र्स एकेडेमीले थप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सरकार र एकेडेमीको रकम गरी अव क्रिकेट टोलीका सदस्यले जम्मा ४/४ लाख रुपयाँ पाउने भएका छन् । कार्यक्रममा कप्तान पारसले आइसीसीको निलम्बन फुकुवा गर्न माग गरे पछि प्रधानमन्त्री ओलीले सो विवादलाई हल गर्न पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले सो रकम थप गर्ने घोषणा गर्नु भएको हो  । विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाने कार्यक्रम रहेको क्रिकेट टिमका कप्तान पारस खड्काले जानकारी दिनु भयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here