प्रधानमन्त्री ओलीलाई स्वदेश फर्काउँन शरणार्थीको आग्रह

१ लाख १२ हजार २२९ शरणार्थी तेस्रो मुलुकमा

0
2455

१ लाख १२ हजार २२९ शरणार्थी तेस्रो मुलुकमा

  
६ फाल्गुन २०७४/डिकेश लामा
बेलडाँगी/ राष्ट्रिय मेलमिलाप समिति भूटानले नव प्रधान मन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउँदै भूटानी शरणार्थीको स्वदेश फिर्ती अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आइतबार प्रधानमन्त्रीको सम्पर्क इमेलमा मेल र ज्ञापन पत्रलाई हवाई कुरियर मार्फत ज्ञापन पत्र पठाएको समितिले जानकारी दिएको छ ।
समितिले शनिवार प्रेश विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल भरीमा स्वदेश फिर्तीको मुद्धालाई कार्यन्वयन गर्न आग्रह गरेको समितिका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो । पत्रमा  भूटानी शरणार्थीको तेस्रो मुलुक पुर्नवास र स्थानीयकरणले स्वदेश फिर्ती हुन चाहाने भूटानीको घरफिर्ती अधिकार माथि कुठराघात हुने बताइएको छ । पत्रमा प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना र बधाई समेत दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २००८ मार्च महिना देखि २०१७ को अन्त्यसम्ममा भूटानी शरणार्थीहरु अमेरिका ९५ हजार ४सय ४९, क्यानाडा ६ हजार ८ सय २६, अष्ट्रेलिया ६ हजार ७ सय २८, न्यूजिल्याण्ड एक हजार ९४, डेनमार्क ८ सय ७५, नर्वे ५ सय ७०, वेलायत ३ सय ५८ र नेदरल्याण्ड्स ३ सय २९ गरी जम्मा १ लाख १२ हजार २ सय २९ जना नेपाली भाषी भूटानी शरणार्थीहरु पूनर्वास भईसकेका छन् ।

    बाँकी रहेका करिव ७ हजार ५ सय हाराहारीका भूटानी शरणार्थीहरु मध्ये केतिपय अझै तेस्रो मुलुक जान चाहाने छन् भने कतिपय आफ्नै देशमा फर्कन चाहाने रहेको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
यता यस बाहेक कतिपय शरणार्थीहरु भने नेपालमा गाँस, बास र कपासको ग्यारेन्टी भए नेपालमा नै बसोबास गर्ने समेत रहेको बताइएको छ ।
पटक पटक स्वदेश फिर्तीको मुद्धा उठान गर्न माग गरे पनि सुनवाई नभए पछि धेरै स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरु दुःखी भएको स्वदेश फिर्तीका अगुवा सन्तविर घलेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here