इरानमा बिमान दुर्घटना ६६ जनाको मृत्यु

0
1038

६ फागुन, काठमाण्डौं । ७१ जनाको मृत्यु हुने गरी रसियन बिमान दुर्घटनामा परेको साता दिन वित्न नपाउँदै इरानमा आज अर्को एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६६ जनाको मृत्यु भएको छ ।

दि एसम्यान एयरलाइन्सको एटीआर ७२–५०० विमान राजधानी तेहरानबाट दक्षिण पश्चिम शहर यासुज जाँदै गर्दा मध्य इरानको जाग्रोस पहाडमा ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सरकारका प्रवक्ताका अनुसार सबै आपतकालीन सेवा तथा निकायहरुलाई घटनास्थलमा उद्धारका लागि खटाइएपनि खराब मौसमका कारण हेलिकप्टरमार्फत उद्धारमा समस्या भइरहेको छ । आज स्थानीय समय अनुसार बिहान ५ बजे तेहरानबाट उडेको बिमान केही समयपछि नै राडारसँग विमानको सम्पर्क टुटेको थियो । ६ जना चालक दलका सदस्यसहित ६६ जना सवार यो बिमान इरानको २० बर्ष पूरानो भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here