महासंघले सवैको आवाजलाई समेट्नु पर्ने

नेम्बांगको अधक्षतामा ९ सदस्यीय समिति गठन 

0
1076

नेम्बांगको अधक्षतामा ९ सदस्यीय समिति गठन 
विर्तामोड/ नेपाल आदिवासी जनजाती पत्रकार महासंघले सवै मुलबासी जातजातिको आवालाई समेटेर जानु पर्ने आज विर्तामोडमा सम्पन्न एक कार्यक्रममा बताइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय महासचीव तथा अग्रज पत्रकार गजुरधन राईले सो कुरा बताउनु भएको हो । ५ औ   अधिवेशनको औपचारिक कार्यक्रममा महासंघका केन्द्रिय महासचिव तथा अग्रज पत्रकार कार्यक्रमका प्रमुख अतिथि गजुरधन राईले अव सवै जातजातिका अधिकार सुनिश्चित गर्न पत्रकारहरु लागि पर्नु बताउनु भयो । राईले खास गरी पछाडि पारिएका जातजाति सवैलाई मुलधारमा ल्याउन विशेष योगदान दिनु पर्ने बताउनु भयो । महासंघका अध्यक्ष गणेश मान मुखियाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा स्वर्गीय पत्रकार डिकमान विरहीको नाममा स्थापित डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि झापा ११ फुटवल 

क्लवका पुर्व अध्यक्ष जलकुमार गुरुङ र बर्तमान महासचीव गजेन्द्र पौडेलले क्रमशः १ लाख र ५० हजार नगद दिने घोषणा गर्नु भयो । 

कार्यक्रममा महासंघका पूर्वाञ्चल संयोजक साईमन राई, प्रेश चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, मिडिया सेन्टरका रन्जित प्रसाई, खेलकुद पत्रकार संघ झापाका अध्यक्ष रमेश समदर्शी राई, फोनिजका केन्द्रिय प्रतिनिधि विष्णु सुव्बा, समाजसेवी जलकुमार गुरुङ्ग लगायतले बोल्नु भयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघले विशाल नेम्बाङको अध्यक्षतामा सर्वसहमतिको आधारमा ९ सदस्यीय कार्य समितिको चयन गरेको छ । 

समितिको उपाध्यक्षमा देशराज नेम्बाङ्ग, सचीवमा अमित खम्बु, सहसचीवमा भुमिका सुव्बा, कोषाध्यक्षमा भारती राई, र सदस्यहरुमा एकराज प्रधान, नरेश गुरुङ्ग, तिलक योञ्जन तामाङ, तलु बास्केलाई सर्वसम्मतिबाट चयन गरेको छ । यसै गरी केन्द्रिय प्रतिनिधिहरुमा गणेशमान मुखिया, रमेश समदर्शी राई, विष्णु सुव्बा, कमन देवान, आनन्द गुरुङ्ग, कृष्ण सिंजाली, बुद्ध तामाङ, दिपेनवाला राई र कुसुम तामाङलाई मनोनित गरेका छन् । यता प्रदेश प्रतिनिधिमा सेसेहाङ्ग फियाक, मञ्जु राई, डिकेश लामा, राजन साम्पाङ्ग, सुसन राई, दिलीप धिमाल, सचित आनन्द सुनुवार, अनिलदेव राई, दिलकुमार लावती, शौरभ मुखिया सुनुवार, धनकुमार लावती र रिता मुखियालाई चयन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here