नेपाल विधुत प्राधिकरण दमक शाखाबाट उच्चदरमा बक्यौदा रकम संकलन

६ महिना यता १ करोड ८० लाख

0
1207

६ महिना यता १ करोड ८० लाख

Account Officer Mr Madan Poudel

माघ २९ गते २०७४
डिकेश लामा
नेपाल विधुत प्राधिकरण दमक शाखाले गएको ६ महिना यता १ करोड ८० लाख हाराहारीमा बक्यौदा रकम असुल गरेको छ ।
गएको ३ बर्षको तथ्याङ्कमा केन्द्रले संकलन गरेको यो सवै भन्दा उच्च रकम भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रले ४ करोड ८४ लाख २२ हजार १ सय २५ रुपयाँ रकम संकलन गर्नु पर्नेमा १ करोड ८० लाख ४ हजार ३ सय ९४ रुपँया संकलन गरेको केन्द्रका लेखा अधिकृत मदन पौडेलले बताउनु भयो । बक्यौदा असुलको यो बृद्धिदर अहिलेसम्म कै उच्च १ सय ८ प्रतिशत पुगेको बताइएको छ । यो तथ्याङ्क प्रदेश नंम्बर १ कै उच्च हुन सक्ने समेत केन्द्रले जानकारी दिएको छ । प्राधिकरणका कम्जोरी र सुधार गर्ने विशेष अभियान अन्तर्गत बक्यौदा रहेका ३ हजार ७ सय ४० जना सेवाग्राहीको विधुत लाईन काटिएको शाखाका विधुत चुहावट सुपरभाइजर महेश दाहालले बताउनु भयो । 

दमक दमक शाखाको माताहतमा रहेका ४ वटा केन्द्रबाट पछिल्लो तथ्याङ्क अनुसार ७४ हजार ग्राहकहरुले विधुत सेवा लिईरहेको शाखाले जानकारी दिएको छ । शाखाबाट बार्षिक बार्षिक ४२ देखि ४५ करोडसम्म रकम संकलन हुने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here