माल्दिभ्स संकटः आफ्नो आदेश आफै उल्ट्याउँदै सर्बोच्च अदालत

0
803
तस्बिरः रोयटर्स

२४ माघ, काठमाण्डौं । माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्न गत हप्ताको दिएको आदेश आफैं उल्टाइदिएको छ ।राष्ट्रपति अब्दुल्ला यामीनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको एक दिनपछि अदालतको पछिल्लो आदेश आएको बीबीसीले जनाएको छ ।

तस्बिरःएएफपी

बाँकी रहेका तीनजना न्यायाधीशहरूले राष्ट्रपतिको पछिल्लो कदमलाई लिएर यसअघिको निर्णयलाई खारेज गरेको बताएका छन् । देशमा संकटकाल घोषणा गरेको केही घण्टापछि यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । यसअघि माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशीदले भारतलाई हस्तक्षेप गर्न आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here