हिन्दुत्वका बिषयमा खुल्ला छलफल होसः पूर्बराजा ज्ञानेन्द्र शाह

0
1075

२२ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा खुला छलफल गर्न आवश्यक रहेको चाहाना ब्यक्त गरेका छन ।भारत भ्रमणमा जानुअघि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शाहले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नसकिने बताए ।

राजसंस्था आवश्यक रहेकोतर्फ इंकित गर्दै उनले भने ‘रुखका पातहरु झरेपनि जराहरु फेरिन्न, रुखहरु हेरौं वर्षौदेखि पातहरु र्झछ, फेरिन्छ तर जराचाहिँ कहिले पनि फेरिदैन ।’ शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here