मुख्यमन्त्री छनौटमा एमालेमा सकस, सहमति नभए चुनाबबाट निर्णय

0
939

१५ माघ, काठमाडौं   मुख्यमन्त्री र प्रदेश सभामुखका लागि दाबेदार बढेपछि ती पदका उम्मेद्वार टुंगो लगाउन नेकपा एमालले चुनावी बिधी अपनाउने तयारी गरेको छ । सर्बसहमत छनौटका लागि मंगलबार बिहान १० बजे पार्टी स्थायी समितिको बैठक बोलाइएपनि सहमति नभए चुनावी पद्धतीबाट टुंगो लगाउने तयारी भएको बुझिएको छ ।

बाम गठबन्धनको तालमेलबाट ७ मध्ये ४ वटा प्रदेशमा एमालेले मुख्यमन्त्री सभामुख पाएको छ । तर दाबेदार गर्नेहरु पार्टीको उच्च पदमै रहेकाहरु भएपछि पार्टीले निर्णय लिइहाल्न सकेको छैन ।  एमालेको तर्फबाट प्रदेश न. ५ मा स्थायी समिति सदस्य शंकर पोखरेल मुख्य मन्त्री हुने निश्चित भएपनि  प्रदेश १ मा पोलिटब्यूरो सदस्य शेरधन राई र पार्टी सचिव भीम आचार्य तथा केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी प्रस्तुत गरेका छन् । यस्तै प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here