काठमाण्डौमा नक्कली डाक्टरको बिगबिगी, १५ जना पक्राउ

0
1027

१५ माघ, काठमाडौं  प्रहरीले काठमाडौंमा सञ्चालित विभिन्न निजी अस्पतालमा कार्यरत डाक्टरलाई नक्कली भएको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नाफा कमाउन खोलिएका नेपालका विभिन्न अस्पतालबाट १५ जना डाक्टरलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्च सहितको अनुगमन टोलीले १५ जना डाक्टरलाई नक्कली भएको आरोपमा पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा धेरैजसो चिनियाँ डाक्टर रहेको प्रहरी स्रोतले बतायो ।  यसअघि विगतमा पनि प्रहरीले नक्कली भनेर पक्राउ गरेका डाक्टरमध्ये कतिपयले सफाइ पाएका थिए । नेपाल मेडिकल काउन्सिलबाट अनुमति नलिई काम गरिरहेका केही डाक्टरलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here