पुन भूटानी शरणार्थी खेलाडी भारततर्फ

0
2945

११ माघ २०७४
दमक/भारतमा हुन लागेको अन्तराष्ट्रिय स्तरको कराते खेल प्रतियोगितामा भाग लिन आज भूटानको प्रतिनिधित्व गर्दै भूटानी शरणार्थी खेलाडीहरु त्यस तर्फ प्रस्थान गरेका छन् ।
भारतको विसाखापाटनामा आगामी फेव्रवरी २ र ३ तारिख हुने एशिया महादेशका १४ वटा मुलुकबीच हुने प्रतियोगितामा भाग लिन भूटान देशको प्रतिनिधित्व गर्दै प्रवासमा रहँदै आएका भूटानी खेलाडीहरु भाग लिन गएको भूटान कराते संगठनका कोच डम्बर मुखियाले बताउनु भयो । प्रतियोगितामा सहभागी हुन विभिन्न तौल समूहका रुपा लिम्बु, पुर्णिमा लिम्बु, एदु गिरी, आर्यनसिंह छेत्री रहेको संगठनले जानकारी दिएको छ । पटक पटक अन्तराष्ट्रिय स्तरमा भूटानको नाम उच्च राख्न भूटान कराते संगठनले राम्रो स्थान हासिल गरेको भन्दै भूटानी अगुवाहरुले एक कार्यक्रमबीच विदाई समेत गरेको छ ।
भूटान कराते संगठनको नाम बाट यस अघि कोच डम्बर मुखियाको अगुवाइ २ दर्जन हाराहारीमा स्वर्ण पदक हासिल गरी सकेको शिविर सचीव टिकाराम रसाईली बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here