देउबा सरकारको निर्णय उल्ट्याउने केपी ओलीको उद्घोष

0
1090
तस्बिरः भूपाल लुइटेल

११ माघ, काठमाडौं । भाबि प्रधानमन्त्रीका रुपमा समेत हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारले गरेका अधिकांश निर्णय उल्ट्याउने चेतावनी दिएका छन् । मौजुदा सरकारले गरेका मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकरात्मक प्रभाव पार्ने भएकाले अब बन्ने वाम गठबन्धनको सरकारले उल्ट्याउने उद्घोष गरेका छन् ।

तस्बिरः भूपाल लुइटेल

पार्टी मुख्यालय धुम्बाराहीमा आज विशेष पत्रकार सम्मेलन गर्दै वृद्धभत्ता लिने उमेर समूह घटाउने, भूकम्पपीडितलाई एक लाख थपअनुदान दिनेलगायतका देउवा सरकारका निर्णय मुलुकलाई कङ्गाल बनाउने र टाट पल्टाउने उद्देश्यबाट प्रेरित भएको बताउँदै उनले निर्णय खारेज गर्ने बताएका हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वृद्धभत्ता लिने उमेर ७० वर्षबाट घटाएर ६५ वर्ष र भूकम्पपीडित तथा बाढीपीडितलाई थप एकलाख अनुदान दिने निर्णय गरेको थियो । त्यस्तै अध्यक्ष ओलीले भूकम्पपीडित र बाढीपहिरोपीडितलाई दिने भनिएको थप एकलाख अनुदानले थप ९० अर्ब आर्थिक दायित्व थपिने बताउँदै निर्णय सदाशययुक्त नभएको प्रचारमुखी काममात्रै भएको टिप्पणी गरेका छन् ।

एमालेले निकालेको प्रेस बिज्ञप्ती यस्तो छ हेर्नुहोस् पूर्ण बिवरणः-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here