भूटानी शरणार्थीको बसोवास भन्दा अघि देखि थालनी सडक खुल्यो

दमक रवि चिसापानीको चुरे ट्रयाक खुलेसँगै व्यवसायी उत्साहित

0
3362

दमक रवि चिसापानीको चुरे ट्रयाक खुलेसँगै व्यवसायी उत्साहित

 
डिकेश लामा/माघ ७ गते
दमक/ भूटानी शरणार्थी शिविरको बसोबास भन्दा अघि देखि शुरु गरिएको दमक रवि चिसापानी सडक खण्डको अति अप्ठ्यारो भनिएको क्षेत्रमा आइतबार पहिलो पटक ट्रयाक उद्घाटन गरिएको छ । ३ दशक अघि देखि शुरु गरिएको सो सडक खण्डको चुरे क्षेत्रको रतुवा खोला किनारको ट्रयाक आइतबार देखि शुरु गरिएको सो सडक निर्माण समितिका अध्यक्ष रेवतराज पुरी गगनले बताउनु भयो । दमक देखि भूटानी शरणार्थी शिविर वेलडाँगी १ हुँदै पाँचथर जोडिने सडकको चुरे ट्रयाक सडक निर्माणको इतिहासमा पहिलो पटक उद्घाटन भएको हो । भूटानी शरणार्थीहरु बसोवास भन्दा अघि देखि निर्माण कार्य शुरु गरिएको सो सडकखण्ड अवलोकनका लागि आज झापाका प्रतिनिधि संचारकर्मीको टोली सहित व्यवसायी, सामजिक अगुवा, समेतको उपस्थिति रहेको छ ।

दमक देखि अति अप्ठ्यारो भनिएको १५ किलो मिटर चुरे क्षेत्र पार गरे पछि घर्ती दोभानमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष पुरीले अव २ अर्व २५ करोड बजेटमा दमक देखि रविसम्मको ४४ किलो मिटर बाटो कालो पत्रे गर्ने डिपीआरकोे अन्तिम रुप तयार गर्दै गरेको बताउनु भएको छ । सो सडक खण्ड भने जसरी काम संचालन भए अव ५ बर्षमा कालो पत्रे हुने समेत बताउनु भयो ।

यस अघि हिउँदमा मात्र यातायत संचालन हुने गरेको सो सडकखण्डमा आइतबार पहिलो पटक खुल्ला गरेको ट्रयाकमा खोलाबाट चल्ने अन्य ट्याक्सीहरु समेत सुचारु गरिएको छ । केही स्थानमा अझै पनि सडक अप्ठ्यारो रहेको भए पनि स्तरोन्नति गरी बर्षातको समयमा समेत यातायत चलाउने तयारी भएको अनुगमनमा सहभागी सडक निर्माण समितिका उपाध्यक्ष भगवती श्रेष्ठले बताउनु भयो ।पछिल्लो पटक निर्माण कार्यका लागि ठेक्का लिएको संस्था पीएस मृत सञ्जीवनी किरातेश्वर जेवी कन्ट्रक्सन कम्पनीले १२ करोडको बजेट मध्ये ६० प्रतिशतको कार्य सम्पन्न गरिसकेको डिभिजन सडक कार्यालय दमकका सव इन्जिनियर विपिन ढुङ्गानाले बताउनु भयो । यस कम्पनीले आगामी माघ १० गते भित्रमा बाँकी काम सम्पन्न गरिसक्नु पर्ने बताइएको छ ।

सडक अवलोकनका लागि दमकबाट सडक निर्माण समितिका सदस्यहरु, व्यवसायी, सामाजिक अगुवा, संचारकर्मी सहितको टोली सहभागीता रहेको थियो । सो सडक खण्डबाट हाल पाँचथर, इलामका विभिन्न स्थानमा जाने दैनिक २१ वटा ट्याक्सी र २ वटा वस संचालनमा रहेको ट्याक्सी व्यवसायीहरुले जानकारी दिएका छन् । दमक रवि चिसापानी सडक खण्डको अप्ठ्यारो क्षेत्र चुरे ट्रयाक खुले पछि पहाड र तराई क्षेत्र छोटो दुरीबाट जोडिने कार्य सँगै व्यापर व्यवसायको विकास हुने कुरामा व्यवसायीहरु उत्साहित भएका छन् ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here