गजल

0
832

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”dev
…………………………………………..
………………..गजल…………………

जीवन जिउने कला हो,काँही न काँही त खोट छ
जो पिठिउँमा छुरा धस्छ, गालामा उसैको औंठ छ

गुड्नु भन्दा कति आवज छ धेरै,रित्तो टेक्टर हेर
कति झटारो खप्नु परे नि,झुकेको त फलेकै बोट छ

राता-रात नेता,मन्त्री चिल्लो कार चढ़ी,महल पस्दा
गरिब जन्ताको, घाम पानि छल्ने,हिजै देखि गोठ छ

स्वार्थको आगोले जलेर, मान्छेहरु कालो पथर भएको छ
नदेखाऊ है पथारलाई, तिम्रो नौनी मुटुमा, कति चोट छ

हिजो आज छाती खोलि, हिडी रा’छ अपराध देश भरि
तँ छस् भने किन बोल्दैनस् ‘देव’,टेबल मुनि कालो नोट छ

“देव लामा”//GBLO
……..USA…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here