जो ‘बोर गरायो’ गाएर अरुलाई खुशी दिन्छनः प्रिती गन्दर्भ (भिडियोसहित)

0
1554

भूपाल लुइटेल/६ माघ, काठमाण्डौं । तन्नेरी उमेरका प्रिती गन्दर्भले घरघरमा गित गाउँदै परिवार पाल्न थालेको १६ बर्ष भयो । दाङको नारायणपुरका ३१ बर्षीय प्रिती ७ जनाको परिवारको गुजारा चलाउन सारङ्गीको साहारामा दिनहुँजसो काठमाण्डौंका घरघर चाहार्छन् अनि गाउँछन् बोर गरायो मायाले …………………..ʼ 

के साच्चै मायाले बोर गराएकै हो त भन्ने प्रश्नमा प्रिती भन्छन् ‘मायाले बोर त गराएको हैन हजुर यो गितको बोल मात्रै हो ।ʼ परापूर्बकालदेखि नै आफ्ना बाबुबाजे पनि हिड्दै डुल्दै सत्य घटनामा आधारित भएर गित सुनाएकै भरमा जीवन गुजारेकाले आफूले पनि त्यही बाटो रोजेको उनि बताउँछन् । ‘बिगतमा सत्य घटनामा आधारित भएर मात्र गाउँने गन्दर्भहरु अहिले लोकदोहोरी पनि गाउँन थाले फरक यति मात्र छʼ उनले भने । सुरुमा गाएको गित उनलाई याद छैन तर आजकल गाउँन थालिएका लोक गितका बिभिन्न किस्सा भने उनले सुनाउन भ्याइहाले ।

हे जान्छु बिदेश भनेर जानु भो, भनेर जानु भो  ।

आउने ठेगान कहिलेलाई दिनु भो सररर मुगलान काटेर ………………….।।

     दिनको हजारदेखि १२ सय रुपैयाँसम्म आर्जन गर्ने प्रितीका दिनहरु सधै एकैजसो पनि छैनन् । भनिन्छ संगित त गाईलाई पनि मन पर्छ तर कतिपय मानिसका घरमा  पुग्दा कहिलेकाँही त उनि अपमानित समेत हुनुपर्यो । त्यो क्षण स्मरण गर्दै उनि भन्छन ‘सबै मान्छे कहाँ एकैनासको हुनु र हजुर सयमा चार पाँच जना त त्यस्तै पनि भइरहाल्छन् नि ।ʼ यसपछि फेरि सारङ्गीको तालमा गाउँछन् उनि ।

हाँस्दा डिम्पल पर्ने गाला त्यसैमाथि कोठी हो हो हो  ।

हाँस्दा डिम्पल पर्ने गाला त्यसैमाथि कोठी आज मेरो सम्झनामा आयौ धेरै चोटी, बोर गरायो मायाले ।।

            आफ्नै जीवन भने बोर नभएको बताएपनि भित्री बह उनले पोखिहाले । ‘पहिला बाबु बाजे जता गाएर हिडे उतै बसे । उतिबेला जग्गा जमिन घर चाहिन्छ भन्ने अनुभूति थिएन तर अहिलेको हाम्रो पुस्ता त्यसरी बस्न सकिएन’ उनले भने । पढ्न नपाएको पीडा समेत पोखका उनले अहिले समय घर्किसकेकाले पढ्ने अबस्था नभएको बताए । ‘अब जग्गाजमिन र घर पनि चाहिन्छ भन्ने अनुभूति छ त्यही भएर मरिमेटिएको छ हेरौं कतिको सफल हुइन्छ’। आफ्नै समुदायसँग मेल खाने गित जो स्वयम उनिहरुकै जीवनमा समेत मेल खान्छ त्यस्तै गित गाएर उनि अन्ततः बिदा भए ।

सारङ्गी रेटेर गाउँदै हिडेको  ।

गाउँ शहर मितेरी गास्दै हिडेको …….।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here