प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट सपथ ग्रहण

0
893

५ माघ, काठमाडौं । सरकारले बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरुले आज राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली उपस्थित समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनिहरुलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण लिएका प्रदेश १ का डा. गोविन्द सुब्बा, २ का रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ का मोहनराज मल्लले सपथ ग्रहण गरेसँगै प्रदेश प्रमुखको रुपमा बैधानिकता प्राप्त गरेका छन् । अब उनिहरुले सम्वन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नेछन् । त्यस लगतै उनिहरुले प्रदेशसभा सदस्यहरुलाई सपथ गराउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here