डिभिजन – २ क्रिकेटः नेपालको पहिलो खेल नामिबियासँग

0
992

६ माघ, काठमाडौं । आउँदो महिना नामिबियामा हुन लागेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन – २ प्रतियोगिताको पहिलो खेल नेपालले आयोजक नामिबियासँग खेल्ने भएको छ ।

शुक्रबार अबेर सार्बजनिक खेल तालिका अनुसार आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुने १८ वटा खेलहरु नामिबियाका ३ वटा मैदानमा हुनेछन् । जसअनुसार पहिलो खेल नेपालले नामिबियासँग माघ २५ अर्थात फब्रुअरी ८ मा खेल्नेछ । डिभिजन–२ मा प्रतिस्पर्धा गर्ने नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानसहितका ६ देशमध्ये शीर्ष २ टिम विश्वकप छनोट खेल खेल्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here