अस्थायी मुकाम र प्रदेश प्रमुखमा सहमति छैनः ओली

0
753

४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई सहमति दिइए तोकिएका स्थान र ब्यक्तिकाप्रति असहमति रहेको बताएका छन् ।

बैंककबाट स्वास्थ्य जाँच गराई स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्न आफूहरुले सहमति जनाए पनि व्यक्ति र स्थानबारे समर्थन नभएको बताएका हुन् । ‘तोकौँ भन्ने सहमति दिएका हौँ, कसलाई तोक्ने भन्ने सरकारको विषय हो ।’ ओलीले अहिले तोकिएका प्रदेशको राजधानीको विषयमा सहमति नभएको बताए । कार्यमूल्यांकन गरेर आवश्यकता परे उपयुक्त समयमा प्रदेश प्रमुखलाई परिवर्तन गरिने संकेत दिदैं उनले भने ‘प्रदेशको राजधानी तोकिएको विषयलाई लिएर आन्दोलन नगरौं, प्रदेशसभाले अनुकुलता र आवश्यकता हेरेर राजधानी तोक्छ।’ गत पुस २६ गते बैंकक गएका ओली बिहीवार दिउँसो साढे १२ बजे स्वदेश फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here