राष्ट्रियसभा चुनावमा एमाले उम्मेद्वारका मापदण्ड

0
822

२८ पौष, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा चुनावका लागि उमेदवारको मापदण्ड तोकेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्डकासाथ सिफारिसको विधि पनि तय गरेको हो । एमालेले निर्धारण गरेको मापदण्डमा संविधानको धारा (८७) बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकालाई प्राथमिकता दिने उल्लेख छ ।

यसमा भौगोलिक र सामाजिक सन्तुलन पनि हेरिने एमाले सचिवालय सचिव प्रदिप ज्ञवालीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । ६ बुँदे मागपत्रमा उल्लेखित अन्य बुँदामा स्थानीय तह, प्रदेश र संघको चुनावमा मौका नपाएका व्यक्ति हुनुपर्ने समेत उल्लेख छ ।एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन समेत आग्रह गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here