महोत्सवको तयारी पूरा

0
1090

कृषि र स्थानीय उत्पादनको प्रवर्धन हुने  
दमक/कृषि तथा उद्योग प्रयर्टन र प्रवर्धनका लागि दमकमा भोलि देखि हुने महोत्सवको तयारी पुरा भएको छ ।
स्थानीय क्षेत्रका घरेलु उत्पादनलाई विश्व बजारीकरण र उद्योग धन्दाको प्रवर्दनको उद्देश्य राखेर शुरु गरिएको महोत्वस दमकमा ९ बर्ष यता कै उत्कृष्ट महोत्सव हुने आयोजक दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो । यस पटक उँट र घोडा सवार, हेलिकप्टर उडान लगायतका प्रयोग प्रयोजन महोत्सवको विशेष आकार्षण भएको बताइएको छ ।

यसैबीच भोलि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट उद्घाटन गरिने महोत्सवमा आज झापा जिल्लाका एपी विष्णु केसी सहितको टोलीले सुरक्षा सम्बन्धी निरीक्षण तथा जाँच गरेको छ । संघीय संरचना निर्माण प्रकृया सँगै पहिलो पटक हुने भनिएको महोत्सवमा पूर्वाञ्चल क्षेत्रबाट सहभागिता हुने अनुमान गरिएको छ ।
दमक क्षेत्रमा निर्माण हुने भनिएका औधोगिक कोरीडर, अग्लो बुद्धको मुर्ति, भ्यू टावर लगायतका कुराहरुको महत्वको बारेमा जानकारी गराउँन समेत यसको आयोजना गरिएको अध्यक्ष ढकालले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here