संघीय संरचना अनुसार शिक्षा नीति माथि छलफल

0
1728

दमक/ संघीय संरचना अनुसार शिक्षाको ढाँचा र नीति कस्तो हुनु पर्छ भन्ने विषयमा आज दमकमा शिक्षाको समसामयिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षा शास्त्री समाजको आयोजनामा प्रदेश नम्बर १ मा पहिलो पटक गरिएको छलफलमा राज्यले प्रदान गरेको शैक्षिक अधिकार र संघीय संरचना अनुसार शिक्षाको नीति र ढाँचा कार्यन्वयनका विषयमा छलफल भएको समाजका सचीव केशव खनालले बताउनु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष तथा नेपाल सरकारले हालै गठन गरेको उच्च स्तरीय शिक्षा आयोगका सदस्य प्राध्यापक डा. प्रेमनारायण अर्याल

छलफलको विषयमाथि प्रष्ट्याउनु भएको छ । प्रा.डा. अर्यालले शिक्षामा भएको राजनैतिक हस्तक्षेपले संघीय संरचना अनुसारका शिक्षा नीति कार्यन्वयन चुनौतीको विषय रहेको बताउनु भयो । उहाँले जिवनोपयोगी शिक्षा ल्याउन संघीय संरचना अनुसार बृद्धि हुने शिक्षको स्रोत समेत पहिचान गर्न सुझाव दिनु भएको छ । छलफलले ल्याएका सकरात्मक विचार र सुझावलाई आयोग समक्ष राख्ने कार्यक्रमका संचालन त्रिभुवन विश्व विद्यालयका अंग्रेजी विभाग प्रमुख प्रेम फियाकले बताउनु भयो । हिमालय माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर बस्नेतको आथित्यमा भएको कार्यक्रममा विधालय शिक्षक, राजनैतिक अगुवा, वुद्धिजीविहरुको उपस्थिती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here