डा.गोबिन्द केसीको बयान, प्रधानन्यायाधीशबिरुद्ध प्रश्नै प्रश्न

0
1022
तस्बिरःरासस

२५ पौष, काठमाण्डौं । अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ परेका प्राध्यापक डा.गोबिन्द केसीले सर्बोच्च अदालतमा बयान दिदै प्रधानन्यायाधीशबाटै अदालतको अपहेलना भएको बताएका छन् ।

बुधबार हुने बहस अघि आज लिइएको बयानका क्रममा डा.केसीले प्रधानन्यायाधीशको एसएलसीको प्रमाणपत्र नभएको, नागरिकता सच्याएको एवं प्रभावमा परेर न्याय बेचेको जस्तो बिषयको प्रश्न उठाउँदै छानबिन गर्नुपर्ने माग गरेका छन् ।  उनले अदालतको आदेशको खण्डन गर्न बिभिन्न ११ बुँदे आधार समेत तय गरेका थिए ।

डा.केसीको आज बयान मात्र सकिएकाले भोलि मात्र बहस हुनेछ । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि न्यायालयमा भ्रष्ट्राचार बढेको भन्दै डा. केसी १४ औं पटक अनसन बसिरहेका बेला अनसनस्थलबाटै पक्राउ परेका थिए । यसैबीच डा.केसीको रिहाइको माग गर्दै मंगलबार देशका बिभिन्न भागमा प्रदर्शन गरिएका छन् ।

डा.केसीको पक्षमा काठमाण्डौंको माइतीघरमा पूर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्बस्वास्थ्यमन्त्री गगन थापा तथा बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र लगायत सडकमा उत्रिएका थिए । यसैगरी बिराटनगर नेपालगञ्ज लगायतका स्थानमा पनि डा.केसीको पक्षमा प्रदर्शन भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here