डा.गोबिन्द केसी पक्राउ, अदालतको अपहेलना गरेको आरोप

0
1070
तस्बिरःरासस

२५ पौष, काठमाण्डौं । अदालतको अवहेलना गरेको आरोपमा डा.गोबिन्द केसी सोमबार राति अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ परेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ पटक अनसन बसेका डा.केसीलाई अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको हो ।

तस्बिरःरासस

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा.केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सोमबारै आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि न्यायालयमा भ्रष्ट्राचार बढेको भन्दै डा. केसीले प्रधानन्यायाधीशविरुद्धै लड्ने घोषणा गरेका थिए।

डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गराएका थिए । सोही आधारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here