भूपाल लुइटेल/८ कात्तिक, काठमाण्डौं । भुटानी शरणार्थीहरुको तेस्रो देश पुनर्बास कार्यक्रम बन्द भएसँगै अढाई दशकदेखि अन्तराष्ट्रिय बनेको यो मुद्धा अब स्थानीयकरण हुँदै गएको टिकाटिप्पणी हुन थालेका छन । तेस्रो देश पुनर्बास अन्तरगत झण्डै १ लाख १० हजार शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे, बेलायत र न्युजिल्याण्ड पुर्याइएको छ । यसअलवा नेपालमा विभिन्न कारणले झण्डै ९ हजारको हाराहारीमा शरणार्थी रहँदा उनिहरुको अवस्था के हुन्छ त भन्ने अन्योल कायमै छ । तर एसीया प्रशान्त शरणार्थी अधिकार संजाल (Asia Pacific Refugee Rights Network (APRRN)) का निबर्तमान अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटी भने बाँकी रहेका शरणार्थीको दायित्व नेपालले नै लिनुपर्ने बताउँछन् । Globalpostinfo.us का लागि पत्रकार भूपाल लुइटेलसँग बिशेष कुराकानी गर्दै डा. शिवाकोटीले अन्य मूलुकले १ लाख १० हजार हाराहारीको दायित्व लिदा नेपालले पनि त्यसको भार लिनपर्ने र यसका लागि उनिहरुलाई नागरिक स्विकार गर्ने भिन्दै कानुन आवश्यक रहेको बताएका छन् । नेपालले त्यसको भार लिदा भूटानलाई समेत केही शरणार्थीको दायित्व लिन दबाब पुग्ने उनि बताउँछन् । पूनर्बासको कार्यक्रम पनि बन्द भयो, यहाँ पनि कम मात्रै शरणार्थी छन् अब यूएनएचशिआर पनि आफ्नो दायित्वबाट पन्सिने त हैन भन्ने आशंका भइरहँदा डा. शिवाकोटी भन्छन् ‘शरणार्थीको बिषय पूर्णरुपमा नसल्टिएसम्म यूएनएचसिआर यो प्रकियाबाट बाहिरिन सक्दैन्।’ शिवाकोटीले यतिमात्र बताएनन् ‘तेस्रो देशमा रहेका भूटानी शरणार्थी र नेपालमा रहेका उनिहरुका परिवारबीच भेट नहुन पनि सक्छ।’ उनै शिवाकोटीसँग भुटानी शरणार्थीको पुनर्बास कार्यक्रम बन्द हुनुपर्ब नै कुराकानी गरिएपनि त्यसको सान्दर्भिक अहिले पनि उत्तिकै रहेकाले हामिले अन्तरबार्ता यहाँ राखेका छौ । पुनर्बासित भुटानी शरणार्थीले समेत अनिवार्य हेर्नै पर्ने यो भिडियोमा के समेटिएको छ त यो हेरौं।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












