१० मुलुकको झण्डा फहराउँदै शिविरमा ३ दिने विशेष कार्यक्रम शुरु

0
4567

सवै धर्म र समूदायको सहभागिताले धार्मिक सहिष्णुता र सद्भावको विकास
डिकेश लामा/ ०६ मंसिर २०७४
बेलडाँगी/ विश्वका १० मुलुकको झण्डा फहराउँदै विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा मंगलभावको कामना सहित भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज देखि ३ दिने विशेष कार्याक्रम शुरु भएको छ ।     

     भूटानी शरणार्थी शिविर क्षेत्रमा स्थापना भएका चर्चहरुको २५ बर्ष पुगेको उपलक्ष्यमा भूटानी शरणार्थी शिविर इसाई समूदायले विश्व जगतको मंगलभावको कामना सहित त्रिदिवशीय रजत जयन्ती मनाउँन शुरु गरिएको भूटानी शरणार्थी क्रिश्चियन समूदायका अध्यक्ष जोनाथन राईले बताउनु भयो । खासगरी भूटानीहरु पुनर्वास भएका ८ ओटा मुलुक, नेपाल र भूटानको कामना गर्दै गरिएको कार्यक्रममा विविध धर्म र समूदायको सहभागिताले धार्मिक सहिष्णुता र सद्भाव वढ्दै जाने कार्यक्रमका बक्ताहरुले बताउनु भएको छ । 

भूटानी क्रिश्चियन समूदाय अध्यक्ष जोनाथन राईको सभापतित्वमा भएको कार्याक्रमा प्रमुख अतिथि नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवेक्षक सुरेन्द्र दाहालले धर्म निरपेक्ष मुलुक नेपालमा पछिल्लो समय सवै धर्म समूदायबीच सहिष्णुता र सदभाव वढ्दै गएको बतानउनु भयो । कार्यक्रममा नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवेक्षक सुरेन्द्र दाहाल, विश्व लुथरन फेडरेशन, आम्दा नेपाल, टिपीओ नेपाल, यूएनएचसीआरका पदाधिकारीहरुलाई भूटानीहरुलाई दिएको योगदानको मुल्याङ्कन गर्दै सम्मान समेत गरिएको शिविर सचीव कार्यक्रम संचालक सदस्य टिकाराम रसाईलीले बताउनु भयो ।       कार्यक्रममा भारतका पास्टर अनिल सुव्बा, भूटानी अगुवा डाक्टर भम्पा राई, पास्टर राधा बस्नेत, किरात पाक्पोलुङ्ग माङहिमका सचीव कृष्ण लिङ्देन, नेपालबार एशोशियशनका शान्ता पाठक, सहायक सचीव चन्द्रकला राई, भूतपूर्व सचीवहरु सञ्चहाङ्ग सुव्बा, राजमान गुरुङ्ग, युवराज राई, चिरञ्जीवि राई, शसस्त्र प्रहरी, प्रहरी र अन्य शरणार्थी दातृ निकायका पदाधिकारी, सामाजिक अगुवा, लामा गुरुहरु, अन्य मुलुकका पास्टर सहितको उपस्थिति रहेको थियो ।
३ दिनसम्म संचालन हुने कार्यक्रममा   देश विदेशमा रहेका भूटानी तथा नेपाली भाषीहरुको मंगलभावको कामना गर्दै प्रार्थना लगायत साँगितीक कार्यक्रम, प्रवचन रहने आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रममा देश विदेशका धर्मानुरानी, पूर्वी नेपालका विभिन्न स्थानका क्रिश्चियन सोसाइटीका अगुवा समेतको उपस्थिति र विविध विधाका प्रस्तुती रहेको बताइएको छ । यस कार्याक्रमलाई ग्लोवल पोष्ट इनफो डट यूएको यूट्युव च्यानल ग्लोवल पोष्ट इनफो टीभीबाट प्रत्यक्ष प्रसारण समेत भइरहेको छ ।       

भोलि स्थानीय समय अनुसार ९ बजे देखि कार्याक्रम शुरु हुने कार्याक्रमका सभापति तथा सोसाइटीका अध्यक्ष जोनाथन राईले बताउनु भयो ।

For live video of program see this link and channel

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here