विश्वका नेपालीभाषी भूटानीको नाममा शिविरमा ३ दिने विशेष कार्यक्रम हुने

भुटानी क्षेत्रमा पहिलो कार्यक्रम

0
4755

भुटानी क्षेत्रमा पहिलो कार्यक्रम

०५ मंसिर २०७४  
बेलडाँगी/ विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा मंगलभावको कामना गर्दै भूटानी शरणार्थी शिविर वेलडाँगीमा भोलि देखि ३ दिने विशेष कार्याक्रम हुने भएको छ । भूटानी शरणार्थी शिविर क्षेत्रमा स्थापना भएका चर्चहरुको २५ बर्ष पुगेको उपलक्ष्यमा भूटानी शरणार्थी शिविर इसाई समूदायले विश्व जगतको मंगलभावको कामना सहित त्रिदिवशीय रजत जयन्ती मनाउने तयारी गरिएको भूटानी शरणार्थी क्रिश्चियन समूदायका अध्यक्ष जोनाथन राईले बताउनु भयो ।


कार्यक्रमलाई राम्रो र फलदायी बनाउन २५ बर्षसम्म भूटानी शरणार्थीहरुलाई विशेष सहयोग गरी जिवन यापन गर्न सहयोग गर्ने दातृ निकाय, सहयोगी संस्था र क्रिश्चियन समूदायमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने कार्यक्रम संचालक समितिले जानकारी दिएको छ ।
कार्यक्रममा भारतका विभिन्न स्थान, नेपालका विभिन्न स्थानका उच्च स्तरका पास्टरको समेत आगमन र प्रवचन रहने आयोजक समितिले जानकारी दिएको छ । पछिल्लो समय भूटानी शरणार्थी क्षेत्र आसपास रहेका ३५ वटा चर्च र स्थानीय क्षेत्रमा खोलिएका चर्चको समेत विशेष सहयोग र विविध विधाका प्रस्तुतीमा कार्याक्रमको तय गरिएको बताइएको छ । कार्याक्रममा काठमाण्डौंबाट आउने गायक राजेश राई, सहित अन्य क्षेत्रबाट कलाकारहरुको उपस्थिति रहने

 

आयोजक समितिका सदस्य तथा शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । शिविर क्षेत्रमा पहिलो पटक हुन लागेको यो रजत जयन्तिलाई नेपाली भाषी भूटानीहरुको पहुँचमा रहेको अनलाईन खवर ग्लोवलपोष्टइनफोडटयूसमा ग्लोबल पोष्ट इनफो टीभीको लिङ्क राखी प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ । जसका लागि कार्याक्रमको प्रत्यक्ष प्रसारण हेर्न इच्छुक महानुभावले निम्न च्यानल खोली हेर्न सक्नु हुनेछ ।

For live streaming log on to this channel

Global PostInfo TV

https://www.youtube.com/channel/UCaCeyzOP55q6cUseW4Ric8A?view_as=subscriber

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here