प्रचण्ड पुत्र प्रकाशको हृदयघातका कारण निधन, शोकमग्न परिवार

0
1791

भूपाल लुइटेल/३ मंसिर, काठमाण्डौं ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको परिवार शोकमा छ ।

छोराको मृत्युको खबरपछि झापाबाट काठमाण्डौं आउन हेलिकप्टरमा बसेका प्रचण्ड

चुनावका लागि देशदौडाहामा निस्केका प्रचण्ड झापामा छदा आएको एउटा फोनले उनि सबै कार्यक्रम स्थगित गरेर काठमाण्डौं आइपुगे तर छोरालाई देख्न पाएनन् । पाए त केवल शव मात्र । सधै बाबुको कार्यक्रम हिडिरहने प्रकाश चितवनको कार्यक्रमबाट सञ्चो नभएको भनेर दुई दिनअघि काठमाण्डौं फर्किएका थिए । तर उनि यसरी फर्किएको जीवनभर नआउने गरी नै काठमाण्डौं फर्किए ।

अस्पतालबाट निकालिदै प्रकाशको शव

घरमा आमा र भान्जीहरु मात्र रहेको अबस्थामा बेलुकासँगै खाना खाएर सुतेको प्रकाशलाई हृदयघात भएपछि अचेत अबस्थामै विहान ५ बजेर ५० मिनेट जाँदा नर्भिक अस्पताल लगिएको थियो । ६ बजेनै उनको मृत्यु भएपनि औपचारिक जानकारी दिन झण्डै ७ घण्टा कुरिएको थियो । मृत्युको कारण र अवस्थाबारे अस्पतालले जानकारी दिनुपूर्ब अध्यक्ष एवं प्रकाशका पिता प्रचण्ड अस्पताल पुगेको आधा घण्टापछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले मृत्युको पुष्टाई गर्दै श्रद्धाञ्जली र दाहासंस्कार गरिने समयावधि बताएपछि मात्रै औपचारिक खबर बाहिरिएको थियो । भूषालले जानकारी दिएको केही समयपछि अस्पतालले पौने १ बजे गरेको पत्रकार सम्मेलनमा प्रकाशको मृत्युको कारण आकस्मिक हृदयघात भनेर पुष्टाई गरेका छन । उपचारमा संलग्न डाक्टर जेपी जैसवाल र यादव भट्टका अनुसार अस्पताल पुर्याउँदा प्रकाशको मुटुको धड्कन बन्द भइसकेको थियो भने श्वासप्रश्वास पनि केही थिएन । हेर्नुहोस् भिडियोमा

२०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।  माओवादीले चलाएको सशस्त्र युद्धमा सानैदेखि लागेका दाहाल पार्टी महाधिवेशन आयोजक समिति सदस्य समेत थिए । उनी प्रचण्डको स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका थिए ।

स्तब्ध बाम गठबन्धन, चुनावी कार्यक्रम नै प्रभावित

प्रचण्ड पुत्र प्रकाशको आकस्मिक निधन भएपछि बाम गठबन्धनको चुनावी सभा प्रभावित भएका छन् । प्रकाशको निधन भएपछि एमाले माओवादीका संयुक्त सभाहरु प्रभावित भएका छन् भने दुबै पार्टीका शीर्षस्थ नेताहरु काठमाण्डौं आएका छन् । माओवादीको चुनावी कार्यक्रम कहिलेसम्म स्थगित भन्ने कुनै टुंगो नभएपनि एमालेले नै मात्र तय गरेका कार्यक्रमलाई समेत उसले २ बजेदेखि ३ बजेसम्म स्थगित गरेको एमालेले निकालेको विज्ञप्तीमा उल्लेख छ । पशुपति आर्यघाटमा भएको अन्त्येष्टी अघि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले पुत्र प्रकाशलाई पार्टीको झण्डा ओडाएका थिए ।

छोराको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिदा भक्कानिएका प्रचण्ड

त्यसअघि शोकमन्तव्य राख्दै माओवादी प्रवक्ता पम्फा भूषालले प्रकाश दाहाल पार्टी अध्यक्षको पुत्र मात्र नभइ पार्टीको पोलिटव्यूरो सदस्य र प्रचण्ड प्रधानमन्त्री रहदा दुबै कार्यकलमा निजी सचिवालयमा खेलेको भुमिकाको चर्चा गर्दै पार्टी मर्माहत भएको बताएकी थिइन ।

पार्टी भूमिगत छदैदेखि राजनीतिमा सक्रिय भएका प्रकाशको योगदानको स्मरण गर्दै भूषालले उनी ०५४ सालदेखि पार्टी केन्द्रीयस्तरमा क्रियाशिल रहेको बताएकी थिइन । पार्टीको केन्द्रीय तहको एकजना सदस्य गुमाएपछि पार्टीको चुनावी कार्यक्रम छिन्नभिन्न भएका छन । नेता र कार्यकर्तामात्र होइनन् माओवादी पार्टीका शुभेच्छुकसमेत यतिबेला शोकमा रहेको यी दृश्यहरुले बताइरहेको छ । तर यो शोकलाई माओवादीले चुनावमार्फत शक्तिमा बदल्न जरुरी रहेको पार्टीका समर्थकहरु बताइरहेका छन् ।

बियोगको बज्रपात, शोकमा परिवार

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको परिवार शोकमा परेको छ । ३६ बर्षीया एकमात्र पुत्रको हृदयघातका कारण आइतबार विहान मृत्यु भएपछि प्रचण्ड परिवारमा बज्रपात आइलागेको छ ।

चुनावी मुखमा भएको छोराको मृत्युको खबरले प्रचण्डलाई कमजोर बनाएको छ । छोराको मृत्युको खबरले आमा सिता अचेत अबस्थामा छिन । प्रकाशकी जेठि श्रीमति सृजना बेहोस भएर नर्भिकमै उपचार भएको छ भने कान्छि विना पनि कञ्चनपुरबाट अस्पताल आइपुग्दा नपुग्दै भावबिहल भइन् । भावविहल अवस्थामा रहेका प्रचण्डले आफूलाई त्यति बेलासम्म मात्र सम्हाले जतिबेला उनि अस्पताल परिषरमा थिए । पार्टी कार्यालयमा भएको श्रद्धाञ्जलिसभामा पार्टीको झण्डा ओडाउने क्रममा प्रचण्ड सम्हालिन सकिएनन, छोरालाई अन्तिम श्रदाञ्जली व्यक्त गर्दा उनका आँशु थामिएनन् । आफ्नो स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका सुपत्र प्रकाशको अभावमा दाहाल टोलाइरहका थिए । प्रकाशको आइतबार अबेर  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिपूर्वको शबयात्रामा सयौं सर्वसाधारण, शुभेच्छुक र माओवादी पार्टीका कार्यकर्ता सहभागि भएका छन । क्यान्सरले जेठी छोरी ज्ञानुको मृत्यु भएको २ बर्ष बित्दा नबित्दै एकमात्र पुत्र प्रकाशको मृत्यु भएपछि प्रचण्ड परिवार पारिवारिक बियोगमा फस्दै गएको छ । अनि पार्टी अध्यक्षको निधनले माओवादी पार्टी त शोकमा नै छ प्रकाशको जन्मभूमि चितवनसमेत शोकमा परेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here