कस्ता थिए होटलमा मृतक भेटिएका विधार्थी मल्लिक

हत्याको विरुद्धमा सडकमा उत्रिए विधार्थी

0
2861
Late Rajesh Mallik

हत्याको विरुद्धमा सडकमा उत्रिए विधार्थी   
कार्तिक २६ गते
दमक/कक्षा १२ मा अध्ययरनत दमक ६ का राजेश मल्लिक प्रायस सवैसँग मिलनसार स्वाभाव थिए । आमा बुवा र बहिनी सहित ४ जना परिवार भएका मल्लिकको अवस्था कम्जोर नै रहेको उसका कक्षा साथीहरुले बताए । दमकको इलाका प्रहरी कार्यालय देखि करिव २ सय मिटरमा घर भएका मल्लिक गएको बैशाख महिनाबाट त्रिवेणी होटलमा काम गर्दै आएको मृतक मल्लिककी बहिनी रेखा मल्लिकले बताउनु भयो ।

Mom Pabitra Mallik and sister Rekha Mallik

सँगै कक्षामा पढ्ने कक्षा साथीका अनुसार शुक्रबारसम्म सँगै पढेर विधालयबाट फर्किएका थिए । उनको स्वाभाव र हाउभाऊ सँधै जस्तो सामान्य नै रहेको थियो । हिजो शनिबार पनि घरबाट ११ बजे तिर खाना खाएर बाहिर निस्किएका मल्लिकको त्यसरी आफैले काम गर्ने होटलमा कसैले हत्या गर्छ भनेर कहिले पनि परिवारले सोचेका थिएनन्, बहिनीले भाव विव्हल हँुदै भन्नु भयो । यता मृतक मल्लिकका आमा पवित्रा मल्लिक घरमा भाव विव्हल भएर ओछ्यानमा पर्नु भएको छ । भएको एउटा छोरा गुमाउनुको पीडाले उनको होश छैन ।

Rally in Damak against death of Rajesh Mallik

दमक वडा नं. २ मा रहेको हिमालय माविमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत मल्लिक शुक्रबार विधालय गई पढाई सकेर सँधै जस्तै फर्किएका थिए । आर्थिक अवस्था सामन्य रहेका मल्लिकका बुबा हरि मल्लिक आम्दामा काम गर्दै त्यही अहेव कक्षा समेत अध्ययन गर्दै गरेको कक्षा साथी सुनिता श्रेष्ठले बताउन भयो । साथीको छोरालाई मारेको भनेर सुने पछि आफूहरु समेत हत्याराको खोजीबारे बुझ्न इलाका प्रहरी कार्यालय आएको मल्लिकका साथीहरुले बताउनु भयो ।

कहाँ र कस्तो अवस्थामा थिए मल्लिक

His house and neighbors

भर्खरै विर्तामोडमा ११ बर्षीय लक्ष्मण शिवाकोटीको हत्याको विषयमा भएको ठूलो घटनाको घाउ सेलाउन नपाउँदै दमकमा विधार्थीको हत्याको विषयमा विधार्थीहले र्याली सहित प्रहरी प्रशासनलाई दवाव दिन थालेका छन् । आज मात्रै दमक क्षेत्रका धेरै विधालयका विधार्थीहरुले हत्याको दोषीलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै र्याली प्रदर्शन गरेका छन् ।
होटलमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा लाश फेला परे पछि दमक क्षेत्रका विधार्थीहरु आन्दोलित भएका हुन् । दमकको मुख्य चौक नजिक रहेको त्रिवेणी होटलमा विधार्थी मल्लिकको लाश कोठामा भेटिएको थियो । तेस्रो तलाको १०४ नम्बरको कोठामा कसैले हत्या गरेर बाहिरबाट ढोका थुनेको अवस्थामा लाश रहेको प्रहरीले जानकारी दिएका छन् । हत्याको आशंकामा केही व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्य भईरहेको भए पनि हालसम्म कसैलाई पनि प्रहरीले प्रका

Student demanding to arrest soon the murderer, in front of police beat with rally.

ऊ नगरेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मल्लिकको छात्तीमा छुरा प्रहार गरी हत्या गरेको आशंका प्रहरीले गरेको बताइएको छ ।
मल्लिकको लाशलाई पोष्टमार्टमका लागि धरान लगिएको भए पनि आइतबार अपरान्ह ३ बजेसम्म पालो नआएको प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनु भयो । घटनाको अनुसन्धान गम्भिररुपबाट भइरहेको बस्नेतले बताउनु भएको छ । विधार्थीहरुले र्याली प्रदर्शन गर्दै चाँडै प्रहरीले दोषीको पक्राउ गरी कार्वाही गर्ने आशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here