भूटानीले मनाए ३ दिने फाल्गुनन्द जन्म जयन्ति

0
4709

कार्तिक २५ गते
बेलडाँगी/भूटानी शरणार्थीहरुले ३ दिन लगाएर आजसम्म १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३३ औं जन्म जयन्ती मनाएका छन् ।
गएको विहिबार भूटानी शरणार्थी शिविर वेलडाँगीमा रहेको किरात माङपोक्लुङ माङहिमको आयोजनामा रतुवा खोलामा गाली सराव बगाउने, हिजो माङहिम मन्दिर परिसरमा पूजा आज गर्ने र आज विशेष दिन शान्ति र्याली सहित विविध कार्यक्रम गरिएको माङहिमका अध्यक्ष कृष्ण लिङदेनले बताउनु भयो । यसैगरी जयन्तीको अवसर पारी ९ महिना अघी अमेरिकाबासी सनमान साँवाको मोटर साइकल दुर्घटनामा मृत्युको स्मृतिमा निर्माण गरिएको भवनको समेत उद्घाटन गरिएको छ । भूटानी शरणार्थी शिविरबाट तेस्रो मुलुक पूनर्वास भएका साँवा अमेरिकाबाट घुम्न आउँदा मृत्यु भएको र उहाँको नाममा विभिन्न देशमा रहेका भूटानीहरुको सहयोगमा भवन निर्माण गरिएको पूर्व शिविर सचीव तथा भवन निर्माण समितिका अध्यक्ष सन्चहाङ्ग सुव्बाले बताउनु भयो । भवन उद्घाटनमा किरात धर्म तथा साहित्य उत्थानका वरिष्ठ उपाध्यक्ष देवदास राई, दमक नगर पालिकाकी उपमेयर गीता अधिकारी, वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटा, माङ्सेवुङ्ग गाऊँ पालिका अध्यक्ष नरेन्द्र राईको सहभागिता रहेको कार्याक्र संचालक माङहिमका सदस्य सुमन दिङमाली राईले बताउनु भयो ।


आज खास गरी किरात धर्मावली भूटानी र स्थानीय बासिन्दाले भूटानी शरणार्थी शिविर वेलडाँगी १ क्षेत्रमा रहेको महागुरु फाल्गुनन्दको तस्विरमा दुध, दही र फलफुल अर्पण, वेद वाचन सहित साँस्कृतिक कार्याक्रम समेत गरिएको पूजाका सेवा समितिका अध्यक्ष पदम चोम्बाङ्गले बताउनु भयो । विहान ८ बजे देखि गाडी, मोटर साईकल, साईकल सहितको भक्त जनहरुको र्यालीले भूटानी शरणार्थी शिविर वेलडाँगी १, २ र दमक बजार क्षेत्रको परिक्रमा गर्दै विश्व शान्तिको कामना गरी फान्गुनन्दको जन्म जयन्तीलाई विशेष महत्व दिएको माङहिमका सचीव धनबहादुर राईले बताउनु भयो ।

see live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here