१२ बर्ष पछि हराएको छोरा आयो तर पूनर्वास प्रकृया बन्द हुन गयो

0
14419

कि छोरा छोड्नु पर्ने कि त पुनर्वास प्रकृया त्याग्नु पर्ने  

See video story by Dikesh lama



डिकेश लामा/ २० कार्तिक २०७४
       पथरी शिविर/ भूटानमा नै श्रीमान वित्नु भएको थियो । श्रीमान्को पनि मृत्यु हुनु देशमा नेपाली भाषी दक्षिण भूटानीलाई पनि भूटान सरकारले लखेट्न थाले पछि उनको मनमा पीडा माथि पीडा थपियो । छोरा र छोरी लिएर शरणार्थीको रुपमा नेपाल पसेर बसेको २५ बर्ष वित्यो पथरी शनिश्चरे शिविर सेक्टर जी/६ हट नम्बर ३२ की लालमाया लिम्बुको ।

Lal maya limbu, 70 years living in G/6-32 of pathari Camp

   छोरी ज्वाईँसँग अमेरिका जान तयार हुनु भएकी लालमाया सुव्वाको हराएको छोरा भेटिए पछि उहाँलाई छोरा लिएर जाने मन भयो । भएको छोरालाई छोड्न मन नलागे पछि सुव्बाले छोरी ज्वाँईलाई अमेरिका पठाइसक्नु भयो ।
तर अहिले आएर छोरा र आमा सँगै लान नमिल्ने भने पछि ७० बर्षीय बृद्धा सुव्बाको मनमा झन् पीडा थपिएको छ । शरणार्थीलाई पुनर्वास गराउँदै आएको संस्था अन्तराष्ट्रिय आप्रावासी संगठन आईओएमले ४/५ पटक बोलाएर छोरा छोडेर बृद्धाको मात्र पुनर्वास गरिदिन्छु भने पछि जान्ने बुझ्ने आफूसँग कोही पनि नभए पछि सुव्बालाई थप पीडा थपिएको छ । १२ बर्ष हराएर भेटिएको मानसिकरुपमा केही कम्जोरी छोरालाई लिएर विदेश पनि जान नपाउने भने पछि नेपालमा बूढेसकालको शरणार्थी जिवन कसरी धान्ने भन्नेमा उहाँलाई ठूलो चिन्ता लागेको छ ।

Suk bir limbu, arrived Camp after 12 years according to his mumy.

     छोरा शुकविर लिम्बु सोझा र सिदा हुनु हुन्छ । काम गर्न भनेर साथीहरुले लगेर भारतको कोइलाखानीमा न साथी न पैसा भएर बस्न बाध्य भए । बल्ल तल्ल एकजना भूटानी साथीको सहयोगले घर आइपुगेका सुव्बा बताउनु हुन्छ ।
यता शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) ले पारिवारिक विखण्डन नगरी पुनर्वास लाने भनी पटक पटक बताउँदै आए पनि पछिल्लो समय आएर पारिवारिक विखण्डन सरोवार वाला निकायबाटै भएको यस्ता घटनाले प्रष्ट पार्छ । पछिल्लो समय धेरै परिवार छुटाएर पुनर्वावास गरे पछि एक्लिएका भूटानी शरणार्थीहरुको अवस्था दननीय बन्दै गएको छ । धेरै जनाको बृद्धबृद्धा शरणार्थीहरुको त क्रिया गर्ने आफन्तहरु समेत पाइन छोडेको छ । यस्तो घटना र अवस्था प्रति समयमा नै सरोकारवाला निकायले ध्यान नदिए यसले भविष्यमा ठूलो असर पार्ने शरणार्थी बुद्धिजीविहरु बताउनु हुन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here