भूटानीको सहयोगी साथी बहु प्रतिभाका धनी सन्त राईको निधन

सारङ्गीका सान सँधैका लागि सुस्ताए

0
19643

सारङ्गीका सान सँधैका लागि सुस्ताए

कार्तिक १५ गते २०७४/डिकेश लामा

बेलडाँगी/ गीत, संगीत, साहित्य, खेल तथा सामाजिक सेवामा अग्रणी भूमिका निभाउँदै आएका दमक वडा नं. ३ का सन्त राईको आज आफ्नै निवासमा निधन भएको छ ।

     सारङ्गीका सान भनेर चिचिने राई वि.सं. २०२४ सालमा इलामको बाँझो गाविस वडा नंं. ५ चिसापानी पञ्चमीमा जन्मिएर भूटानी शरणार्थी शिविर नजिक दमक ३ को बेलडाँगी १ बजार क्षेत्रमा विगत ३० बर्ष देखि बस्दै आउनु भएको थियो । भूटानी शरणार्थी समूदायसँग अति नजिक रहेका असाध्यै कुशल साराङ्गी बाधक राईले भूटानमा क्रान्ती नामक २०५४ कविता संग्रह, अन्य फुटकर गीत, लेख, रचना, फुटकर गीत समेत प्रकाशन गर्नु भएको छ । राई १ बर्ष अघि देखि मुखमा क्यान्सर रोगबाट ग्रसित हुँदै आउनु भएको श्रीमति कल्पना राईले बताउनु भयो । 

Late Mr Santa kumar rai
Santa rai talking with Bhutatanese writer lok regmi about sarangi tune.

       राईले भूटानी शरणार्थी क्षेत्रमा राम्रो कार्य गरे बापत पुरस्कार तथा लोक दोहोरी क्षेत्र तथा विभिन्न क्षेत्रमा पुरस्कार तथा दर्जन बढी सम्मान समेत प्राप्त गरिसक्नु भएका किरात राई याखोक्खा दमक नगर समितिका उपाध्यक्ष धनजित राईले बताउनु भयो । समाजमा कला साहित्य बाहेक गरीव दुखीका लागि लगनशील भएर कार्य समेत गर्ने बहु प्रतिभाशाली व्यक्तित्व भएका राईको निधनले सिंगो समाज शोकाकुल भएको स्थानीय सामाजिक अगुवा गणेशकुमार चाम्लिङ्ग राईले बताउनु भयो । 

४ छोराछारीका बुबा राईको ९/१० लाख रुपँया खर्च गर्दा समेत आर्थिक अभावका कारण ५० बर्षको उमेरमै मृत्यु बरण गर्नु परेको मृतकका भाइ अगम राईले बताउनु भयो । साँस्कृतिक, सामाजिक तथा राजनैतिक अगुवाहरुको समेत उपस्थितिमा आज अपरान्ह नेपाली समय अनुसार २ बजे राईको दमक वडा नं. ३ नजिक हंसेदुम्से सामुदायिक बन क्षेत्रमा किराती संस्कार अनुसार अन्तेष्टी गरिएको छ ।

भन्छौ आमा नेपालमा दुःख छ
विदेशमा त पैसाको रुख छ
कालो बादल निलो आकाशमा
गयौं आमा चढेर जहाजमा फक्र्यौं बाकसमा

भन्ने मर्म स्पर्शी शब्द सुनाएको आजै जस्तो लाग्छ
आफै छाडेर जानलाई रहेछ सायद त्यस्तो मन छुने शब्द लेख्न सक्ने दाजुको २ बर्ष अघि कैद गर्न पाएको भिडियो सहित आदरणीय संगीनानुरागी तथा बहुप्रतिभाशाली व्यक्तित्व खास गरी सारङ्गीको सान भन्न मन लाग्ने भूटानी साथीहरुको समेतको सहृद्धयी सन्तकुमार कोयू राईको आज ५० बर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको प्रति अति दुःख लागेको छ । स्वर्गीय दाजु सन्तकुमार राई ज्यू प्रति हार्दिक श्रद्धान्जली एवम् शोकाकुल परिवार, आफन्तजन र उहाँलाई चिन्ने सम्पूर्ण साथीहरुलाई समवेदनाको यो खवर पुराउँदै धैर्य धारण गर्न हार्दिक आग्रह गर्दै स्व. राईको आत्माले सँधै स्वर्गमा वास पाओस् हार्दिक सुमन श्रदा व्यक्त गर्दछौं ।
    ग्लोवल पोष्ट परिवार

 

see live video story by dikesh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here