भूत भगाउन भूटानी शरणार्थीले गरे सरसफाई

३ दिन पछि लामा गुरुले पूजा गर्ने

0
7522

३ दिन पछि लामा गुरुले पूजा गर्ने
कार्तिक १५ गते २०७४/डिकेश लामा
बेलडाँगी/ भूत भगाउँने भन्दै भूटानी शरणार्थीहरु मध्ये पनि अति जोखिममा परेका १६ घर परिवारको क्षेत्रलाई आज सामुहिकरुपमा सरसफाई गरिएको छ । एक बर्ष नवित्दै ९ जनाको ज्यान गएकोले त्यस क्षेत्रमा बस्ने सर्वसाधारणले भूत प्रेतले गर्दा यस्तो भएको भन्ने सोच राख्दै आएका छन् । बेलडाँगी ३ को सेमी कन्क्रिट घर निर्माणको सो क्षेत्रमा अपाङ्ग असक्त र एकल बृद्धबृद्धाहरु बस्ने गरेकोले आवश्यक सरफाई नभएर विरामी बढेसँगै मृत्यु हुने गरेकोले सो को उपचारका लागि सरसफाई गरेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाईलीले बताउनु भयो । रसाईलीका अनुसार भौतिकरुपमा भूत भगाउने कार्य गरेको र अव त्यहाँका मानिसको मनबाट भूत भगाउन लामा तथा धामी समेत राख्ने तयारी गरेको बताउनु भयो । साँच्चै भूत हो कि भूटानीहरुमा त्रास हो त सो क्षेत्रको रेखदेखमा खटिनु भएका १६ घरेकी इन्चार्ज मिना प्रधानको भनाइ ।
शिविर व्यवस्थापनको आयोजनामा शरणार्थी सहयोगी निकाय यूएनएचसीआर, विश्व लुथरन फेडरेशन, आम्दा नेपाल, क्यारिटस नेपाल, विधालय, फेन्स क्लव लगायतको सहयोगमा कार्याक्रम संचालन गरेको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो ।

      अपाङ्ग र जोखिममा परेका परिवारमात्र बस्ने भएकोले सो क्षेत्रमा फोहोर मैलाको कारण विरामी हुने संंख्या बढेकोले मृत्यु समेत भएको विश्व लुथरन फेडरेशनका प्रतिनिधि पर्वत गुरुङ्गले बताउनु भयो । पटक पटक मानिसहरु मरेको कारण कतै भूत प्रेतको काम हो भन्ने आशंका गरेका त्यहाँका सर्वसाधारणले भूत समेत हिड्ने गरेको दावी गरेका छन् । तर यता सो क्षेत्रमा काम गर्ने दातृ निकायका पदाधिकारीले भने फोहोर मैलाका कारण त्यहाँको मानिसमा भूत पसेको बताएका छन् ।

 

 

 

see live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here