भूटानी शरणार्थी शिविरमा पट्का पडकनसाथ टोली पुग्छ

0
10867

शरणार्थी शिविर तथा अन्य क्षेत्रमा बारुदजन्य बस्तुमा प्रतिबन्ध

कार्तिक १ गते, २०७४/डिकेश लामा
बेलडाँगी/भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरी शनिश्चरेमा विस्पोटक पदार्थ नियन्त्रणका लागि गस्ती तिव्र पारिएको छ । जहाँ पडकन्छ पटका त्यहाँ पुग्छ तत्काल टोली भन्ने नीतिका साथ यस पटकको तिहारलाई शान्तिपुर्वक बनाउन शसस्त्र प्रहरीको टोली सहित शिविर व्यवस्थापनका अन्य टोलीहरु परिचालित भएका छन् । तिहारमा धेरैजसो बारुद्धजन्य पदार्थको प्रयोग प्रयोजनबाट भूटानी शरणार्थी शिविरमा यस अघि पनि ठूल्ठूला घटनाहरु भएका छन् । बारुद्धजन्य बस्तुहरु पट्का पड्काउनाले आगलागी तथा मानवीय क्षति जस्ता घटनाहरु शिविर भित्र मात्र नभएर अन्य स्थानमा पनि नभएका भए होइनन् ।

 
     यस पटक पनि भूटानी शरणार्थी शिविर पथरी र वेलडाँगी क्षेत्रमा बारुदजन्य बस्तुको प्रयोगलाई पूर्णरुपमा बन्द गर्ने निर्णयका साथ शिविर व्यवस्थापन समिति र त्यहाँ सुरक्षामा खटिएका शसस्त्र प्रहरीहरुको टोली परिचालन गरिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
पथरी शनिश्चरे शिविरमा त्यहाँ रहेको शसस्त्र प्रहरी वेशले गस्तीलाई तिव्र पारेको शसस्त्र प्रहरी नायव निरीक्षक तथा पथरी वेश प्रमुख केदार बस्नेतले बताउनु भयो ।
      यता बेलडाँगी क्षेत्रमा कतै कतै लुकेर विस्फोटक पदार्थ प्रयोग गर्ने प्रयास गरिएको भए पनि तिव्र गस्तीका कारण नियन्त्रणमा रहेको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
हरेक व्यक्तिलाई थाह छ बारुदजन्य बस्तुले मनोरन्जनको गति भन्दा पनि मानवीय क्षति धेरै हुन्छ । तथापि रोक लगाइएको वा अवान्छनीय कृयाकलापमा फेरी मानवकै संलग्न रहन्छ । तसर्थ यसलाई रोक्न सवैले पहल गरे चाड पर्व राम्रो त हुन्छ नै त्यसमा पनि अनाआश्यक खर्च र मानवीय क्षति निष्चय नै नियन्त्रण हुन्छ भन्ने कुरामा कसैको दुई मत नहुन सक्छ ।

see video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here